July 27, 2026, Monday
२०८३ श्रावण १२ मंगलवार

रूपन्देहीको ओमसतियामा बस र ट्रक ठोक्किँदा ११ जना घाइते

Advertisement

भैरहवा– रुपन्देहीमा बस र ट्रक एकआपसमा ठोक्किँदा ११ जना यात्रु घाइते भएका छन् । जिल्लाको ओमसतिया गाउँपालिका–१, ठुटिपिपलमा शुक्रबार ट्रक र बस ठोक्किएका हुन् ।

Advertisement

प्रहरीका अनुसार भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ९२६० नम्बरको माइक्रो बस सर्भिसलेनबाट मूल सडकतर्फ आउँदै गरेको लु १ ख ४४७७ नम्बर ट्रकमा ठोक्किँदा बसमा सवार ११ जना घाइते भएका हुन् ।

घाइतेहरु मध्ये केहिको भैरहवास्थित भीम अस्पतालमा र अन्य घाइतेको अन्य बिभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये एक जनाको अबस्था मध्ययम रहे पनि अन्यको अवस्था भने सामान्य रहेको रुपन्देही प्रहरीले जनाएको छ ।