अवैध धन्दाविरुद्ध बाँके प्रहरीको अप्रेसन, यौनकर्मी र जुवाडे पक्राउ


बाँके– अवैध धन्दाविरुद्ध बाँके प्रहरीले अप्रेसन नै चलाएको छ । पछिल्लो तीन दिनमा प्रहरीले अवैध कार्यमा संलग्न कयौंलाई पक्राउ गरेको छ । जुवाडेदेखि अवैध यौनधन्दामा संलग्नलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । शुक्रबार मात्रै होटलमा छापा मारेर प्रहरीले ४५ जना यौनकर्ममा संलग्नहरुलाई पक्राउ गरेको छ ।
असोज २३ गते होटल मौरीमा जुवा खेलिरहेका १४ जना हाइ प्रोफाइलका जुवाडे पक्राउ परे लगत्तै प्रहरीले अबैध यौन धन्दा गर्ने आरोप लाग्दै आएका नेपालगञ्जका चर्चित होटलहरूमा छापा मारेर यौनकर्ममा लोका ४५ जनालाई नियन्त्रणमा लिएको हो ।
नेपलगन्जका दंगाली होटल, मिलन कटेज, रिभर साइड होटल र भेरी कर्णाली होटलमा एकैपटक विशेष अपरेसन सञ्चालन गर्दै प्रहरीले ३१ जना महिला र १४ जना पुरुष गरी ४५ जनालाई पक्राउ गरेका प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमध्ये धेरैजसो पुरुष भारतीय नागरिक रहेको बताइएको छ । प्रहरीले घटनास्थलबाट विभिन्न प्रमाण सङ्कलन गरेको र पक्राउ परेकामाथि अनुसन्धान अघि बढाइरहेको पनि जनाएको छ ।
बाँकेमा पठाइएका प्रहरी प्रमुख एसपी अंगुर जीसी हाजिर भएपछि उनको नेतृत्वमा बाँके प्रहरीको अपराध नियन्त्रणम सक्रियता बढेको देखएको छ । बाँके प्रहरीले ठूलो रकमसहित १४ जना जुवाडेलाई पनि समातेको छ ।
नेपालगन्जको बसपार्क नजिक रहेको मौरी रेष्टुरेन्टबाट १३ लाख ६३ हजार आठ सय रुपैयाँसहित नेपालगन्ज र कोहलपुरका १४ जना जुवाडेलाई समातेको थियो ।
२२ गते राति ११.३० बजेको समयमा रेष्टुरेन्टको दोस्रो तलाको हलमा तास खेलिरहेका नेपालगन्जका गणेश बस्नेत, ऋषि गुप्ता, तरुण गौतम, विनोद खड्का, मो. सफिक बेहना, संगम शाह, मधुसुधन दाहाल, मेघराज गौतम, रमेश शाही, कोहलपुरका भागीरथ यादव, नन्दलाल यादव, सुमन केसी र रेष्टुरेन्ट सञ्चालक विज्ञान श्रेष्ठलाई प्रहरीले समातेको छ ।
प्रहरी निरीक्षक यमबहादुर बुढामगरको नेतृत्वमा गएको प्रहरीले खेल्दै गरेको दुई गड्डी र नखोलेको ८ गड्डी तास र पर्दा बरामद गरेको छ । एसपी जिसीले पक्राउ परेकाहरुलाई कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको जनाए ।








प्रतिकृया दिनुहोस्