वर्षाले भैरहवामा डुवान (फोटो फिचर)


भैरहवा– अविरल वर्षाले भैरहवा जलमग्न भएको छ । आइतबार रातिदेखि बिहानसम्म वर्षा भएको थियो । वर्षाका कारण सिद्धार्थनगरका मुख्य सडक डुवानमा परेका थिए । बैंकरोड, गल्लामण्डी, आँखा अस्पताल, खजहना, शान्तिनगर, पक्लिहवा, डाँडागाउँ, बैंककोलोनी लगायतका क्षेत्र डुवानमा परे ।
वर्सेनि डुवानमा पर्दै आएको भैरहवामा एशियाली विकास बैंक (एडीबी)को ऋण तथा अनुदान सहयोगमा ढल व्यवस्थापन र सडक स्तरोन्नतीका काम भएको थियो । करिब तीन अर्ब लागतमा सडक र नाला फराकिला बनाइएको छ । यस्तै, थप अबौं लगानीमा थप नाला र सडक बनाउने काम भएका छन् । तर, नाला सफा नगरिँदा ठूलो पानी पर्दा भैरहवा सधैं डुवानमा पर्ने गरेको छ । डुवानको परेको भैरहवाका केही तस्बिरहरु पत्रकार शम्भु पन्तले कैद गरेका छन् ।











प्रतिकृया दिनुहोस्