June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

बालमैत्री समाज निर्माणमा लागौंः मुख्यमन्त्री आचार्य

Advertisement

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रिय बाल दिवस–२०८२ का अवसरमा सम्पूर्ण बालबालिका, अभिभावक, शिक्षक, नागरिक समाज र बालअधिकारकर्मीप्रति शुभकामना व्यक्त गरेका छन् ।

Advertisement

‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नारासहित मनाउन थालिएको दिवसले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र समग्र विकासमा सबैलाई प्रेरित गर्ने मुख्यमन्त्री आचार्यले जनाएका छन् । शुभकामना सन्देशमा भनिएको छ, ‘बालबालिका भविष्यका आधार हुन् । उचित वातावरण, स्याहार, सम्मान र सहभागिताले उनीहरू सक्षम र जिम्मेवार नागरिक बन्नेछन् ।’

मुख्यमन्त्री आचार्यले बालअधिकारका चार आधारभूत सिद्धान्त–भेदभाव रहित, सर्वोत्तम हित, दीर्घजीवन र विकास, तथा विचार र भावनाको कदर–लाई स्मरण गर्दै नेपालले यसलाई कानुनी रूपमा आत्मसात गरी ऐन, नियमहरु कार्यान्वयनमा आएको बताए । साथै बाँच्न पाउने, संरक्षण, विकास र सहभागिताको अधिकार सुनिश्चित गरेको भनाई उनको छ ।

लुम्बिनी प्रदेश सरकार संविधानले सुनिश्चित गरेका अधिकारलाई व्यवहारमा उतार्न प्रतिबद्ध रहेको बताउँदै बालबालिकालाई सुरक्षित, स्वस्थ र समान अवसरयुक्त वातावरण उपलब्ध गराउन अभिभावक, समाज र राज्य सबै एकसाथ लाग्नुपर्नेमा जोड दिएका छन् ।

यस अवसरमा उनले बालबालिकामाथि हुने सबै किसिमका हिंसा, दुव्र्यवहार र विभेद अन्त्य गर्दै बालमैत्री समाज निर्माणमा जुट्न आह्वान गरेका छन् ।