June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

जेनजी प्रदर्शनले उग्ररुप लिन थालेपछि रूपन्देहीमा कर्फ्यू आदेश जारी

Advertisement

भैरहवा– जेनजी आन्दोलनले रुपन्देहीमा पनि तोडफोडको अवस्था सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले कर्फ्यू आदेश जारी गरेको छ । सोमबार मध्यान्न प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले कर्फ्यू आदेश जारी गरेका हुन् ।

Advertisement

प्रशासनले जारी गरेको कफ्र्यु आदेशमा भनिएको छ, ‘मिति २०८२–०५–२३ गते अपरान्ह ४ः०० बजेदेखि मिति २०८२–०५–२३ गते रातीको १० बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम रुपन्देही जिल्लाको बुटवलदेखि भैरहवा क्षेत्रभित्र देहायका चार किल्ला तोकी सो सीमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ ।’

प्रशासनले बुटवल क्षेत्रमा पूर्वमा पेट्रोल पम्प धागो कारखाना पुलसम्म, पश्चिममा बेलवास चोकसम्म, उत्तरमा चिडिया खोलासम्म र दक्षिणमा मंगलापुरसम्म कफ्र्यु आदेश जारी गरेको छ ।

यस्तै, भैरहवा क्षेत्रमा पूर्वमा रोहिणी खोला पुलसम्म, पश्चिममा बेथरी पुलसम्म, उत्तरमा बुद्धचोकसम्म, दक्षिणमा मेउडीहवासम्म कर्फ्यू आदेश जारी गरेको छ । यस्तै, बुटवल–बेलहिया सडक खण्डको दयाँबाँया १०० मिटरसम्म पनि कर्फ्यू आदेश जारी भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

रूपन्देहीमा ठूला दलका पार्टी कार्यालय र नेताका ४ गाडी तोडफोड

जेनजी प्रदर्शनः हालसम्म नौ जनाको मृत्यु

ठाउँठाउँमा जेनजीको प्रदर्शन, प्रहरीको गोली लागेर एकजनाको मृत्यु

मुलुकभर आज जेन–जीको प्रदर्शन