June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

रास्वपाबाट उम्मेदवार बनेपछि डा.लेखजंग थापा आज जिल्ला आउँदै

Advertisement

भैरहवा– रुपन्देही–३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार डा.लेखजंग थापा बुधबार निर्वाचन क्षेत्र (गृह जिल्ला) आउने भएका छन् । आइतबार पार्टीले उम्मेदवार घोषणा गरेपछि थापा पहिलोपटक जिल्ला आउन लागेका हुन् । रुपन्देही–३ मा उम्मेदवार बन्न रास्वपाबाट ९ जना आकांक्षी थिए । ३५ दिनसम्म पार्टीले सञ्चालन गरेको उम्मेदवार चयन पक्रियापछि रास्वपाले थापालाई उम्मेदवार घोषणा गरेको थियो ।

Advertisement

डा. थापाका दाजु लब थापाले आफ्नो सामाजिक सञ्जाल फेसबुक एकाउण्टमा गरेको पोष्ट अनुसार बुधबार अपरान्ह ४ बजे गौतमबुद्ध विमानस्थल हुँदै थापा आउने उल्लेख गरेका छन् । गृह जिल्लामा भव्य स्वागत तथा नगर परिक्रमा शीर्षकमा उनले लेखेका छन, ‘रास्वपाबाट उपनिर्वाचनका लागि आधिकारिक उम्मेदवार घोषणा भएपश्चात् रुपन्देहीका जनताले थापाको भव्य स्वागत गर्दै नगर परिक्रमा गराउने ।’

देश विकासको महा अभियानमा डा. थापालाई साथ समर्थन गर्न बुधबार ४ बजे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थितिका लागि आह्वान गरिएको छ । रास्वपा नेता बिनोद खरेलले बुधबार डा.थापा जिल्ला आउने पक्का भएको बताए । उम्मेदवार बनेपछि पहिलोपटक पटक भैरहवा आउन लागेकाले धेरै तामझामपूर्ण कार्यक्रम नरहेको र पार्टीका कार्यकर्तासित भेटघाटमात्र रहेको जानकारी दिए ।

उम्मेदवारी घोषणा लगत्तै बहुविवाहसम्बन्धि विवाद सुरु भएपछि थापा काठमाडौंमै केन्द्रित थिए । मंगलबार बिहान आफ्नो सामाजिक सञ्जालमा पत्नी नुमा शर्मासँग सम्बन्ध विच्छेद गरिसकेको उल्लेख गर्दै डा.थापाले आफ्नो पारिवारिक जीवन कानूनी र समस्यापूर्ण नरहेको प्रष्ट पारेका थिए ।

डा.थापाले बहुविवाह गरेको आरोप लागेपछि एउटा श्रीमतीसँग सम्बन्धविच्छेद भएकाले उनलाई अब कानूनी झमेला छैन । रास्वपाका स्थानीय नेताहरुले नियोजित रुपमा डा.थापा र रास्वपाको बद्नाम गर्न बहुविवाह गरेको भनेर प्रचार गरिएको बताउँछन् । क्षेत्रमा रास्वपाका जनधार राम्रो र बलियो बन्दै जाँदा विपक्षीले गरेको कुप्रचारप्रति सजग रहन उनीहरुको आममतदातामा अपिल छ ।

रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले पनि डा.थापा गृहजिल्ला आउन लागेको जनाए । उनले पार्टीका स्थानीय नेताकार्यकर्ताहरुसँग भेटघाट गर्ने र परिवारसँग भेटघाट हुने कार्यक्रम रहेको जनाए । डा.थापा निकटहरुमा अनुसार बिहीबारदेखि उनले मतदाता भेटघाट र प्रचारप्रसारका कार्यक्रम सुरु गर्नेछन् ।

डा.लेखजंग थापाको एउटा मात्रै श्रीमती हुनुहुन्छः महामन्त्री बुर्लाबोटी

रूपन्देही–३ मा रास्वपाकाे उम्मेदवार डा.लेखजंग थापा