June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

म जीवन चाहान्छु

Advertisement

समयको बाटोमा
हिंड्दा हिंड्दै
कहिलेकाँही मज्जैसँग कुल्चिन्छन्
तिखा काँडाहरु
र स्नायुका चेतले प्रवाहित गर्दछ अकाग्य क्रिया
र सिकाउँछ
सम्हालिएर डिंड्न जीवनको गोरेटोमा ।१।

Advertisement

पछ्याउँदै
जिजीविषाका अकाली र ओरालीका पदचाप
बढाउनु पर्छ जिन्दगीको मेलो
जसरी
मनिटरमा देखिएको
सिधा र फ्ल्याट लाइनले
इङ्गित गर्दछ डेथ इन्डेक्स
अनि आरोह र अवरोहको गतिले
अनुभूत गराउँछ जीवन रहेको घनिभूत प्रमाण
तसर्थ म जीवनको हरेक पलमा चाहन्छु
आरोह र अवरोहको गति
किनकी
मलाई गति मन पर्छ
र,
म जीवन चाहन्छु ।२।

-तिलोत्तमा, रूपन्देही