पौडी खेल्नेक्रममा भैरहवाको डण्डा खोलामा डुबेर दुई बालकको मृत्यु


भैरहवा– सिद्धार्थनगर–१ स्थित डण्डा खोलामा डुवेर दुई बालकको मृत्यु भएको छ । शनिबार दिउँसो करिब ३ बजे बालकहरुको डुवेर मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सिद्धार्थनगर–९, भट्टटोल बस्ने चण्डिप्रसाद अर्यालको छोरा १४ वर्षीया प्रज्वल अर्याल र नवलपरासीको बिनय त्रीबेणी गाउँपालिका–६ घर भई हाल सिद्धार्थनगर–७ बस्ने लीलाधर न्यौपानेका छोरा १५ वर्षीया दिनेश न्यौपाने छन् ।
रुपन्देहीका प्रहरीका अनुसार प्रहरीमा बालकहरु पौडी खेल्ने क्रममा हराएको भन्ने सूचनापछि नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले खोजी गर्दै जाँदा साढे चार बजे बजे डण्डा खोलाको पानीमा डुबेर मृत अवस्थामा उनीहरु फेला परेका थिए ।
पक्लिहवा कृषि क्याम्पस पछाडि रहेको डण्डाखोलामा ५ जना बालकहरु पौडी खेल्न गएका थिए । जिल्ला प्रहरी कार्यालयका डीएसपी गणेश सापकोटाका अनुसार पाँचजना मध्ये ३ जना पौडी खेलेर निस्किएका थिए भने बालकहरु अर्याल र न्यौपाने खोलामा डुबेका थिए । ‘प्रहरीमा बालकहरु डुबेको खबर आउनवित्तिकै प्रहरी निरीक्षक भरत केसीको कमाण्डमा–१५ जना र सशस्त्र प्रहरी नम्बर २७ गणबाट सशस्त्र प्रहरी निरीक्षक ऋषिकेश खवासको कमाण्डमा–११ जनाको टोली खोजीका लागि खटिएको थियो’, उनले भने, ‘खोज्ने क्रममा तीनजना बालहरु सकुशल भेटिए भने दुईजना मृत अवस्थामा फेला परेका हुन् ।’
डीएसपी सापकोटाका अनुसार खोलाबाट बालकहरुको शब निकाली पोष्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा ल्याइएको छ । अहिले पोष्टमार्टमको तयारी भइरहेको छ ।








प्रतिकृया दिनुहोस्