June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

स्कुटरमा तीनजना ?

भैरहवाः भैरहवा–लुम्बिनी सडकखण्डको बेथरी नजिक लुम्बिनीतिरबाट भैरहवातर्फ आउँदै गरेका युवाहरु । स्कुटरमा सवार उनीहरुले ट्राफिक नियम उल्लंघन गरी जोखिमपूर्ण यात्रा गरिरहेका छन् । नियमअनुसार तीनजना सवार हुन नपाइने भए पनि उनीहरुले ट्राफिकको आँखा छलेर यात्रा गरेका हुन् । यसरी नियम उल्लंघन गरेर मोटरसाइकल र स्कुटर चलाउँदा कयौपटक दुर्घटना हुने गरेका छन् ।

तस्बिरः पब्लिक कुरा

Advertisement