June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

बलेहिया नाकामा तयार हुँदैछ आकर्षक प्रदेशद्वार

Advertisement

भैरहवा– नेपाल–भारत सीमा नाका रुपन्देहीको बेलहियामा निर्माण भइरहेको नेपाल प्रवेशद्वार (गेट) । सिद्धार्थनगर नगरपालिका–१, बेलहियामा निर्माण भइरहेको उक्त गेट नगरपालिको लगानीमा बनिरहेको हो । नगरपालिकाले निर्माण गरिरहेको गेटको भौतिक प्रगतीबारे नगरप्रमुख इश्तियाक अहमद खाँ, प्रमुख प्रशासकीय अधिकृत जनक थापा, वडा नम्बर १ का वडाध्यक्ष उज्वल पोखरेल र प्राविधिक लगायतको टिमले स्थलगत अवलोकन गरी प्रगती विवरण लिएको छ ।

Advertisement

नगरपालिकाका अनुसार अबको केही समयमै उक्त गेट तयार हुनेछ । आकर्षक डिजाइन र शैलीमा बनाइएको गेटमा नेपालको झण्डा समेत राखिनेछ । यसअघिको पूरानो गेट सडक निर्माणका क्रममा भत्काइएपछि यहाँ नगरपालिकाले नयाँ गेट बनाइरहेको छ ।

तस्बिरः सिद्धार्थनगर प्रेस फेसबुक पेजबाट