April 22, 2025, Tuesday
२०८२ बैशाख ९

बैशाख ५ र ६ गते रूपन्देहीमा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता

भैरहवा– रुपन्देहीमा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता हुने भएको छ । जापन गोजुरियो कराँते डोजाङ मिसन संघ, नेपालको आयोजनामा आगमी बैशाख ५ र ६ गते रुपन्देहीको तिलोतमामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा नेपाल, भारत र भुटानबाट गरि २ सय ५० जना खेलाडीहरु सहभागी हुने आयोजकले जनाएका छन् ।

Advertisement

प्रतियोगिताबारे जानकारि दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका संस्थापक काजी रानाले चौथो एमजिके अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपको तयारि पूरा भएको बताए । कराँतेका प्रमुख प्रशिक्षक समेत रहेका रानाले देश विदेशका खेलाडीहरु सहभागी गराएर प्रतियोगिता हुन लागेको जनाए ।

तिलोतमा नगरपालिका–९, शंकरपुरस्थित होटल बन्धुको हलमा आयोजना हुने छ । काता र कुमुते विधामा हुने उक्त प्रतियोगितामा विभिन्न उमेर र तौल समुहबीच स्पर्धा हुनेछ । नेपाल खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारिले प्रतियोगिताले नेपाललाई विश्वस्तरमा चिनाउन थप मद्दत गर्ने बताए ।

पत्रकार सम्मेलनमा नेपाल कराँते महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भरत केसीले खुन र पसिनाबाट आर्जन गरिने कराँतेकला महत्वपूर्ण रहेको बताए । जिल्ला खेलकुद विकास समिति रुपन्देहीको पूर्व अध्यक्ष समेत रहेका केसीले २२ वटा कराँतेहरुको भिडमा मिसन गोजुरियोको विश्वसनियता थप बलियो रहेको जनाए । मिसन गोजुरियो डो मिसन संघले कराँते विधामा पछिल्लो ७ बर्ष यता अन्तर्राष्ट्रिय च्याम्पियनसिप अर्वाड जित्दै आएको छ ।