May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

बुटवलले दियो १६९ इ–रिक्सालाई नगरमा संचालन अनुमती

Advertisement

बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिकाले इ–रिक्सा ब्यवस्थापनको काम सुरु गरेको छ । नगरभित्र अब्यवस्थित इ–रिक्सा संचालनको गुनासो आइरहेको बेला उपमहानगरले व्यवस्थापन सुरु गरेको हो ।

Advertisement

दर्ता र जाँचपास जस्ता आवश्यक प्रक्रिया पुरा गरेका १ सय ६९ इ–रिक्सा चालकहरुलाई आइतबार संचालन अनुमतिपत्र वितरण गरिएको छ । एक कार्यक्रमबीच उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, यातायात ब्यवस्था कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलसहित विभिन्न सरोकारवाला निकायहरुको प्रतिनिधिसहितको उपस्थितिमा अनुमतिपत्र वितरण गरिएको हो ।

बुटवल उपमहानगरपालिकामा एक हजार ४ सय ४० इ–रिक्सा संचालन गर्न सकिने ब्यबस्था रहेको भन्दै नगर प्रमुख पाण्डेयले बताए । ‘त्यसैले छिटोभन्दा छिटो आवश्यक मापदण्ड पुरा गरेर मात्र ईरिक्सा संचालन गर्न मेरो अनुरोध छ’, उनले भने । दर्ता नगरी संचालन भएकालाई नियन्त्रण गरिने उनले बताए । इ–रिक्सा जथाभावी चलाउने, मनपरी भाडा असुल्ने र अनावश्यक व्यवहार गर्नेहरुलाई निरानीमा राखिने उनले बताए ।