भिक्षुलाई पुष्प अर्पण (फोटो फिचर)

भैरहवा– बुद्धको अस्तिधातुसहित धम्म यात्रामा सहभागी अल्पकालीन भिक्षुहरुलाई पुष्प अर्पण गरिएको छ । शनिबार भैरहवामा आयोजित बृहत् धम्म यात्राका क्रममा लुम्बिनी गेटमा पुगेका उनीहरुलाई विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, स्थानीय बासिन्दा र बौद्ध धर्मावलम्बीहरुले पुष्प अर्पण गरेका हुन् ।
अखिल नेपाल भिक्षु महासंघ, थाई भिक्षु महासंघ, लुम्बिनी विकास कोषको आयोजना तथा बौद्ध समाज नेपालको व्यवस्थापन र थाइल्याण्डको धम्काय संस्थाको सहयोगमा धम्म यात्रा गरिएको हो । यात्रामा प्रवजित अल्पकालीन भिक्षुहरु, भन्तेहरु, स्थानीय बासिन्दा, संघसंस्था, स्थानीय सरकारका प्रतिनिधि सहभागी भए । करिब साढे दुई किमी धम्म यात्रामा श्रामणेरसहित ५ हजार जनाको सहभागिता थियो ।
प्रतिकृया दिनुहोस्