भैरहवामा मगर एकता दिवसको रौनकता (फोटो फिचर)

भैरहवा– बिहीबार ४३ औं राष्ट्रिय मगर एकता दिवस । दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । लुम्बिनी प्रदेशका पनि १२ वटै जिल्लामा मगर एकता दिवसका कार्यक्रम भए । भैरहवा, बुटवल, तानसेन लगातका सहर र अन्य जिल्लाहरुमा आयोजित कार्यक्रममा मगरहरुको इतिहास, चाल चलन, भेषभुषा, कलासंस्कृति रहनसहन, झाँकीसहित विभिन्न गतिविधिहरु प्रस्तुती गरिएको थियो । मगर एकता दिवसका अवसरमा जिल्ला, नगर र गाउँपालिका स्तरीय मगर संघले कार्यक्र गरी दिवसको चर्चा गरे ।
नेपाल मगर संघ, सिद्धार्थनगरले भैरहवामा झाँकीसहित नगर परिक्रमा गरी कार्यक्रम गर्यो । र्यालीमा सहभागीहरु आफ्नो मौलिक भेषभुषामा सजिएका थिए । गीत गाउँदै, नाच्दै उनीहरुले दिवस मनाए । भैरहवा, तिलोत्तमा, बुटवलमा आयोजित कार्यक्रमहरुमा मगर अगुवाहरुले आफूहरुका हकअधिकारलाई स्थापित गर्न लाग्नुपर्ने बताए । उनीहरुले एकता दिवसमा सरकारी विदा दिइनु पर्ने माग गरे । यद्यपी राष्ट्रिय रुपमा विदा नभए पनि लुम्बिी प्रदेशका केही स्थानीय तहले भने यो दिवसका अवसरमा बिहीबार स्थानीय विदा दिएका छन् ।
सिद्धार्थनगरको मिलनचोक, बैंकरोड, देवकोटाचोक, शान्तिगर, डाँडागाउँ क्षेत्रमा र्याली निकालिएको थियो । डाँडागाउँमा दिवसका अवसरमा विशेष समारोह गरिएको थियो । यहाँ भैरहवामा निकालिएको र्यालीलाई पब्लिक कुराले तस्बिरमा कैद गरेको छ ।
प्रतिकृया दिनुहोस्