June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

महाशिवरात्रि नजिकिँदै, सिंगारिँदै शिव मन्दिर (फोटोफिचर)

Advertisement

भैरहवा– महाशिवरात्रि नजिकिँदै गर्दा हिन्दुहरूको पवित्रस्थल शिव मन्दिरहरु यतिबेला नयाँ रङ्ग लगाएर र सरसफाई गरि चिटिक्क पारिएको छ । हिन्दु धर्मावलम्बीहरूको मुख्य पर्वमध्येको महाशिवरात्रिमा शिव मन्दिरहरुमा शिवको पुजा गरि विशेष रूपले मनाउने गरिन्छ ।

Advertisement

शिवरात्रि नजिँदै गर्दा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८, बसडिलवामा रहेको शिव मन्दिर सिंगार्ने काम भइरहेको छ । मन्दिरमा रंगरोगन गरिएको छ । सरसफाइ गरी चिटिक्क पारिएको छ । अहिले मन्दिर व्यवस्थापन समितिले धमाधम सिंगार्ने काम गरिरहेको जनाएको छ । मन्दिरसँगै रेहेको पोखरी पनि सफाइ गरिएको छ ।

विशरात्रिमा यहाँ विशेष मेला लाग्ने गर्छ । सिद्धार्थनगर, ओमसतिया, मायादेवी लगायतका पालिकाका स्थानीय भक्तजनहरु यहाँ पुजाअर्चनाका लागि आउने गरेका छन् । यस्तै, नजिकका भारतीय भक्तजनहरु पनि शिवरात्रिमा मन्दिरमा पुजा गर्न आउने व्यवस्थापन समितिको भनाई छ ।

शिवरात्रिमा यहाँ विभिन्न ठाउँबाट आउने साधुसन्तहरूको पनि भिड लाग्ने गर्छ । यस पर्वका दिन उपवास गरी ‘ओम् नमः शिवाय’ मन्त्र जप गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । यसवर्ष फागुन १४ गते महाशिवरात्रि परेको छ । यस दिन धेरैजना व्रत बस्ने गर्छन् । भैरहवाको शिव मन्दिरमा यस दिन विशेष पुजाआज गर्ने चलनछ । दशकौं अघि स्थापना भएको शिव मन्दिर यस क्षेत्रको ठूलोमध्येको शक्ति पीठ हो ।

–शब्द/तस्बिरः भीम भण्डारी/पब्लिक कुरा