January 13, 2025, Monday
२०८१ माघ १

विश्व शान्तिको मुहान लुम्बिनीको कसरी ब्राण्डिङ गर्ने ?

डेढ सय वर्षअघि बुद्ध जन्मस्थल लुम्बिनी कहाँ थियो ? कस्तो अवस्थामा थियो ? कसैलाई पत्तो थिएन । तथ्य माटो मुनी लुकेको थियो । त्यसैले बुद्ध ग्रन्थमा लुम्बिनीबारे उल्लेख भए अनुसार तत्कालीन शासक र पुरातत्वबिदले आफू अनुकुल व्याख्या गर्दै आएका थिए । बुद्ध जन्मस्थलबारे प्राचीन समयमा आएका चिनियाँ यात्रीले आफ्नो यात्रा विवरणमा उल्लेख गरेका थिए । तिनै यात्रा विवरण लुम्बिनी खोजको आधार हुन् । विभिन्न समयमा आएका चिनियाँ यात्राीले बुद्ध जन्मेको स्थान र त्यहाँको वातावरणबारे उल्लेख गरेको पाइन्छ । उनीहरुको विवरणमा लुम्बिनीमा अशोक स्तम्भ रहेको उल्लेख छ ।

Advertisement

पुस्करणी पोखरीबारे उल्लेख गरिएको छ । बोधी बृक्ष रहेको र आसपासको प्राकृतिक अवस्थाबारे प्रष्ट लेखेका छन् । तर, लुम्बिनीको उक्त तथ्य लामो समय ओझेलमा थियो । हाम्रो मुलुकमा लुम्बिनीको खोजबिनका लागि धेरै चासो थिएन । तत्कालीन समयका राणा शासकले विदेशीलाई नेपाल प्रवेशमा कडाई गरेका थिए । मुलुकमै खोज अनुसन्धानको अवस्था शुन्य थियो । त्यसैले बुद्धजन्म स्थल भारतको उत्तर प्रदेश आसपास रहेको अनुमान मात्रै गरिन्थ्यो । तत्कालीन इष्ट इन्डिया कम्पनी अन्तर्गतका पुरातत्वबिद बुद्ध जन्मस्थलको खोजीमा थिए । चिनियाँ यात्रीका विवरण पछयाउँदै खोज गर्नेक्रममा सन १८९६ डिसेम्बर १ मा लुम्बिनी पुनः पत्ता लागेको थियो । त्यसपछि बुद्ध जन्मस्थलबारे विश्वलाई जानकारी भयो ।

जब लुम्बिनी पत्ता लाग्यो, त्यसपछि एक दुई जना तीर्थयात्री आउन थालेका हुन् । सुरुवातमा आफै खानेकुरा लिएर, ओढने, ओछ्याउने बोकेर लुम्बिनी अवलोकन गर्न आउन थाले । त्यसबेला आवागमन सहज थिएन । लामो समय लगाएर खोज्दै डुल्दै आउथे । बिस्तारै बुद्ध जन्मस्थलबारे प्रचार हुन थालेपछि श्रदालु आउनेक्रम बढ्न थाल्यो । सन् १९५५–६० तिरबाट दुई–चार जनाको समूहमा आउन थाले । लामो अवधि लुम्बिनीमा आवासको व्यवस्था थिएन । पर्यटक आए पनि आफैले बास खोजेर बस्नुपथ्र्यो । सन् १९८२ सम्म लुम्बिनीमा होटल लज खुलेका थिएनन् । सन् १९८५ सालमा पडरियामा ४ कोठा र दुई वटा डर्मोटरी भएको बुद्ध होटल खुलेको थियो । त्यही नै पहिलो पाहुना घर थियो । त्यो पनि उच्च पदस्थ ब्यक्तिको आवासका लागि बनाइएको थियो ।

अहिले तारे स्तरका ४ होटल सहित लुम्बिनीमा ७२ होटल तथा रेस्टुरेन्ट संचालनमा छन् । लुम्बिनीको पर्यटकीय सम्भावना देखेरै यसरी धेरै होटल रेष्टुरेण्ट खुलेका हुन् । यहाँ धेरै तीर्थयात्री, पर्यटक आउँछन् । उनीहरु होटलमा बस्छन् । पैसा तिर्छन् । तिर्थयात्रीका कारण लुम्बिनीको मात्र नभएर समग्र जिल्लाको ब्यापार ब्यवसाय फस्टाउछ । कमाई हुन्छ भनेर धेरै लगानीकर्ता लुम्बिनीमा केन्द्रित हुन थालेका छन् । लुम्बिनको राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा ब्राण्डिङ ४० वर्ष अघि सुरु भएको थियो । सुरुवाती र अहिलेको अवस्था तुलना गर्दा लुम्बिनीले आर्थिक छलाङ मारेको छ । ३ देखि ५ तारे होटल संचालनमा छ । लुम्बिनी परिसरमा दुईवटा जापनिज नामका तारे होटल छन् । अन्य होटल पनि उस्तै खुलेका छन् । अझै खुल्ने क्रममा छन् । तिर्थालु आगमनका दृष्टिकोणबाट लुम्बिनीको अवस्था उकासिएको छ ।

लुम्बिनी बौद्ध धर्मावलम्बनीको स्थापित र महत्वपूर्ण तीर्थ स्थल हो । तर, यहाँ तीर्थयात्री आउजाउ गर्दा के–के कुराले समस्या पारिराखेको छ भन्नेबारे धेरैको ध्यान जान सकेको छैन् । नेपाल–भारत दुबैतर्फका सीमामा विदेशी तीर्थयात्रीले निकै समस्या झेल्नु परिरहेकोछ । मुलुकमा आउने तिर्थयात्रीका लागि भारतीय ईमिग्रेसनमा पूरा गर्नुपर्ने काजगी पक्रियालाई झन्झटिलो बनाईएकोछ । लामो फर्म भर्नुपर्छ । कुनै पनि मुलुकबाट बाहिरिने व्यक्तिका लागि धेरै विवरण भरिरहनु नपर्ने हो । तर, भारतीय अध्यागमनमा घण्टौं लाम लागेर झण्झटिलो फर्म भर्नुपर्छ । पाहुनाले भारत प्रवेश गर्नासाथै आफनाबारे विस्तृत विवरण बुझाइसकेका हुन्छन् । त्यही विवरण फेरि किन भराउनु परेको होला जस्तो लाग्छ ।

भारतमा पक्रिया पूरा गरेर नेपाल भित्रिएपछि तिर्थयात्रीले झन सास्ती खेप्नु पर्छ । नेपाल तर्फको अवस्था पनि विजोग छ । अहिले नाकामा डिजिटल फर्म भर्नुपर्छ । नेपाली इमिग्रेसनमा पुगेर इन्टरनेट कनेक्ट गरेरपछि मोवाइलमा डिजिटल फर्म आउछ । त्यो फर्म पाहुनाले भर्नु पर्छ । फर्मका सबै विवरण अंग्रेजीमा हुन्छन् । लुम्बिनी आउने तिर्थयात्री मध्ये अंग्रेजी नजान्ने पनि हुन्छन् । त्यस्ता व्यक्तिले कसरी भर्ने ? चिन्ताको विषय छ । सबै तिर्थयात्री धनमानी र पढेलेखेका हुँदैनन् । कतिपय गाउतिरबाट आउने पनि हुन्छन् । कतिपयको साथमा मोबाईलपनि हुँदैन । मोबाईलमा वाइफाई लगईन गरेपछि मात्र फर्म आउँछ । त्यो भर्नुपर्छ ।

मोबाइल नहुनेले कसरी फर्म भर्ने ? फर्म भर्न नजान्नेलाई उस्तै गाह्रो भइरहेको देखिन्छ । समूहमा लुम्बिनी आउने धेरै हुन्छन् । त्यस्तोमा समूहको फर्म भर्न दिनभरि लाग्छ । नाकामा दिन कटाउनु परेपछि कसरी लुम्बिनी घुमाई हुन्छ । छोटो अवधिमा लुम्बिनीबारे के जानकारी पाउन सक्छन् । पहिला नाकामा लिखित फर्म हुन्थ्यो । बाहिर ल्याएर अरुलेपनि भर्न सहयोग गर्थे । अहिले डिजिटल फर्म भर्न आफै उपस्थित हुनुपर्छ । मेरै आँखाले एउटा ग्रुपले पक्रिया पूरा गर्न ६–६ घण्टासम्म सीमामा बस्नु परेको देखेका छन् । यसले तीर्थयात्रीलाई दुखित बनाउछ । दुबै मुलुकले मिलेर तीर्थयात्रीलाई कसरी सहज बनाउन सकिन्छ भन्नेतिर लाग्नुपर्छ ।

लुम्बिनीमा आउने ९७ प्रतिशत विदेशी तीर्थयात्री भारत हुँदै आउने गरेका छन् । सीमाको समस्याले भारतीय ट्राभल एजेण्टपनि वाक्क भइसके । तिर्थयात्रीको समूहले लुम्बिनी जाऔं भनेपनि भारतीय ट्राभल एजेण्टले नेपाल जानै झण्झटिलो छ भन्ने गरेका छन् । ४–५ घण्टा सीमामै लाग्छ । कतिखेर पुगेर कति खेर घुम्ने भन्दै प्रश्न गर्ने गरेका छन् ।

कसरी ब्राण्डिङ गर्ने ?
बुद्धको जन्मस्थल लुम्बिनी हो भन्ने भन्ने तथ्यले यसको विश्वव्यापी ब्राण्डिङ गरिरहेको छ । त्यसमाथि विश्व सम्पदा स्थलमा सूचिकृत भएपछि लुम्बिनीको चर्चा बढ्यो । त्यसपछि झन प्रचार भयो । यत्तिको प्रचारले अब पुग्दैन । लुम्बिनीमा आउने पर्यटक लक्षित गरेर धेरै लगानी भइसकेको छ । रुपन्देही मात्र नभएर कपिलवस्तु र पश्चिम नवलपरासीका बौद्धस्थलमा समेत पर्यटक लक्षित लगानी हुने क्रम बढेको छ । त्यसैले अहिलेकै प्रचारप्रसारले अब धान्दैन । लुम्बिनी ब्राण्डिङका धेरै पक्ष छन् । त्यसलाई हामी पहिचान गर्न सकेका छैनौं ।

मूलतः लुम्बिनीलाई विश्व शान्तिको मुहान भनेर ब्राण्डिङ गर्नु पर्छ । सन् १९९८ मा ‘लुम्बिनी विश्व शान्तिको मुहान’ भनेर मूल नारा बनाइएको थियो । तर, नारा बनाएर मात्र जति ब्राण्डिङ हुनु पथ्र्यो, त्यति हुन सकेन । त्यसैले विश्व शान्तिको सन्देश दिने र बौद्ध धर्मावलम्बी एकपटक लुम्बिनी पुग्नै पर्ने गौतम बुद्धको संदेशलाई ब्यापक र फराकिलो बनाएर ब्राण्डिङ गर्नु पर्ने बेला छ । विश्वमा अशान्ति, द्वन्द्व र युद्ध बढिरहेका बेला लुम्बिनी विश्व शान्तिको मुहानको हो भनेर सन्देश दिन सक्नुपर्छ । शान्तिको प्रणेताका रुपमा गौतम बुद्धलाई लिन सकिन्छ । यसको ब्राण्डिङ गरेर लुम्बिनीलाई शान्ति वार्ता स्थल बनाउन सकिन्छ ।

बुद्धले भातृत्व, करुणा, माया दया प्रेमको प्रार्दुभाव गरेका थिए । अन्य धर्ममा यी कुरा भएपनि बढी प्राक्टिकल रुपमा बुद्धले ब्याख्या गरेका छन् । जुन सुन्दाखेरी नै सर्वसाधारणको जीवनमा सजिलै प्रयोग गर्न सकिन्छ । यी कुराको अनुभूति गर्न, जीवनलाई राम्रो र सकारात्मक बनाउन र शान्तिको ऊर्जा लुम्बिनीबाट पाइन्छ भन्नका लागि पनि लुम्बिनी जानु पर्छ भन्ने सन्देश दिन विश्व शान्तिको मुहान लुम्बिनी हो भनेर व्यापकता गर्न आवश्यक छ ।

जीवनको अन्तिम घडीमा बुद्धले आफ्ना श्रद्धालु–अनुयाइसित भनेको कुरालाई लुम्बिनीको ब्राण्डिङको आधार बनाउन सकिन्छ । कुशीनगरमा महापरिनिर्वाणपूर्व बुद्धले अनुयाइलाई आफ्नो जीवनका महत्वपूर्ण चार स्थल मध्ये सुरुमा लुम्बिनीमा पाइला टेक्न सम्झाएका थिए । जुन कुरालाई हामीले प्रचार गर्न सकेका छैनौं । अझ भनौं बुद्धको यति महत्वपूर्ण वाणी गौण बनेको छ । यसरी हेर्दा बुद्धले नै आफ्नो जन्मस्थलको प्रचार गसिकेका छन् । मृत्यु अघि बद्धले आफ्ना अनुयाइलाई चार स्थल पुग्नैपर्ने बताएका थिए । आफू जन्मेको स्थान लुम्बिनी, ज्ञान प्राप्त गरेको बौद्धगया, पहिलो पटक धर्मदेशना गरेको सारनाथ र महापरिनिर्वाण मिलेको कुशीनगर पुग्नै पर्ने बताएका थिए ।

बुद्धका समकालिन गुरु, शिक्षक र अनुयाई कसैले युसरी आफ्नो मृत्यु पश्चात लुम्बिनी जानु भनेको पाइँदैन् । अन्य धर्मवलम्बीका अगुवा र जन्मदाताले पनि सन्देश दिएको पाइँदैन् । तर, बुद्धले त्यसबेलै लुम्बिनीको ‘ब्राण्डिङ’ गरिसकेका हुन् । बौद्ध धर्मावलम्बीको दिग्गनिकायको महापरिनिर्वाण सूत्रमा मृत्यु शैयामा पुगेका बेला बुद्धले अनुयाइलाई यी चार ठाउ पुग्नुपर्ने बताएको उल्लेख पाइन्छ । बुद्धले ती ठाउमा श्रद्धा, भक्ती र चेतनशिल भएका जानु भनेका छन् । त्यो ठाउ तिमिहरुलाई बैराग्य जगाउने ठाउ हो । यस्ता ठाउँमा बुद्धले आफ्नो अध्यात्मिक इनर्जी छोडेको हुनुपर्छ ।

त्यहीभएर श्रद्धालु आउनासाथ यहा स्वर्णिम अनुभूति पाउछन् । यस्तो ठाउमा भक्ती र श्रद्धाकासाथ कोही आएको छ भने त्यो चीजले छुन्छ । बैराग्य आउनु भने जुन नाशवान चीज छ त्योसँग त्यत्ती नजिक नहोउ । नजिक भए दुखी हुन्छौं । त्यसकारण नजिक नहोउ । त्यसैले बुद्ध धर्ममा यी ४ ठाउँ अनित्यताको बोध गराउने स्थान हुन् । बुद्धले सुरुमा लुम्बिनी पुग्नु भनेर सन्देश दिएको कुरालाई मनन गरेर प्रचारमा ल्याएर मार्केटिङ गरेको पाइँदैन । बुद्ध जन्मस्थल भनेर मात्र रटान गरिएकोछ ।

‘बुद्ध वाज बर्न इन नेपाल’ भनेर ट्रक वा गाडीमा लेखेको भरमा मार्केटिङ हुँदैन् । आस्थापूर्ण र सबैलाई छुने नारा बनाएर ब्राण्डिङ गर्नुपर्छ । भारतीयले पनि यसरी मार्केटिङ गरेका छैनन् । भारतमा बुद्धसँग सम्बन्धित ७ वटा स्थल छन् । कपाल नहुले मान्छेलाई जसले काइयो बेच्न सक्यो त्यो राम्रो ब्राण्डिङ हो । जसको कपाल छैन् । उसैलाई काइयो बेच्न सक्ने राम्रो व्यापारी हो । यो तरिका भारतीयसँग छ । तर, हामी धेरै ठाउँमा चुकेका छौं ।

बुद्धिष्ट सेक्टरको विकास, संरक्षण र प्रबद्र्धनमा भारतीय निक्कै अघि छन् । सडक, हवाई बाटोघाटो र होटलमा उनीहरु निक्कै अघि छन् । बुद्धस्थलका कनेक्टिभिटी राम्रो बनाएका छन् । सीमाको भारतीय भूमिमा रहेको पिपरहवाकाबारेमा यस्तो माहोल बनाइदिन्छन् की नेपालमा रहेको वास्तविक कपिलवस्तु (राजा शुद्धोदनको दरबार) काबारेमा उनीहरु सोच्नै पाउँदैनन् । उनीहरुले शुद्धोदनको राजप्रासाद पिपरहवा नै हो भन्दै रटान लगाउँछन् ।

नेपालमा बुद्धसँग संबन्धित रहेका, बुद्धभन्दा अघिका बुद्धको जन्मस्थल लगायत ऐतिहासिक, पुरातात्विक र सास्कृतिक स्थलको राम्रो प्रचार गर्नुपर्छ । यी क्षेत्रका आकर्षणलाई भिजुवलाईज गरेर पेन डाईभ र एसडी कार्डमा राखेर विदेशी पर्यटकलाई दिनु पर्छ । ब्रोश्योर पनि बनाउनुपर्छ । हिमाल पहाडमा घुम्न आउने विदेशी पर्यटकलाई भिसा दिने ठाउमै पेन डाईभ र एसडी कार्ड दिन सकियो भने उनीहरुमा के रैछ भनेर उत्सुकता हुन्छ । त्यसपछि उनीहरु आईटिनरी परिवर्तन गर्न बाध्य हुन्छन् । एक दुईदिनका लागि भए पनि बुद्धस्थलतिर हानिन्छन् । यतातिर पनि आउँछन् ।

लुम्बिनीका बारेमा जानकारी नै नभएकाहरु विदेश प्रचारमा जान्छन् । उनीहरुलाई कसले पठाउँछन् । बडो अचम्म छ । नेपाल पर्यटन बोडको भूमिका लुम्बिनीको प्रचारमा प्रभावकारी छैन् । बोर्डले लुम्बिनी, कपिलवस्तु र रामग्रामका कतिवटा ब्रोसर पुस्तिका छापे ? अहिले सोध्नु पर्ने अवस्था आएको छ । लुम्बिनीको प्रचारका लागि मैले एउटा पुस्तक निकालेको छु । त्यो १० भाषामा छ । यो देशले गर्ने काम हो । तर, मैले मेरो श्रम र पसिना कटाएर लगानी गरेर पुस्तक निकाले । अति न्यूनतम मूल्य छ ।

विदेशी तिर्थयात्रीले आफ्नै भाषामा पढ्न पाउँदा निक्कै आनन्दित हुन्छन् । यस्ता काम गर्दा पनि सरकारले न हौसला दिन्छ, न धन्यवाद । अनी कसरी लेखक उत्साहित हुन्छन् । उनले नेपाली, अंग्रेजी, जापानी, श्रीलंकाली र बर्मिज भाषामा निकालेका छन् । त्यस्तै थाई, चाइनीज, हिन्दी, तिब्बती र नेवारी भाषामा पनि निकालेका छन् । आफनै भाषामा पुस्तक पाउँदा सन् २०१० मा एउटा जापानीले ९ सय प्रति पुस्तक खरिद गरेका थिए । पुस्तक बढेपछि लुम्बिनी नेपालमा पर्छ भनेर अचम्म माने । जापानमा बुद्ध जन्मस्थल भारत भनेर पढाईन्छ । म यो पुुस्तक लगेर विद्यालयमा दिन्छु ।

सरकारलाई पनि पाठ्यपुस्तक सच्याउन भन्छु भनेर कुरा विडारीले बताए । धेरैलाई लुम्बिनी नेपालमा पर्छ भन्ने थाहा छैन् । यो पुस्तकले पनि प्रचारप्रसार भइरहेको छ । लुम्बिनीको प्रमोसनका लगि सबैको उत्तिकै दायित्व छ । होटेलियरको खाना ख्वाउने र सुताउने मात्रै हैन् । उनीहरुको पनि दायित्व छ । होटलमा बुद्धस्थलका आकर्षणका ब्रोसर राख्ने, राम्रो आतिथ्यता गर्ने र टेलिभिजनमा बुद्धस्थलका बृत्तचित्र लगाइदिएर आकर्षण थप्नुपर्छ । होटलमा रुम बुकिङ गरेर साचो लिउन्जेल कपिलवस्तु र रामग्रामका आकर्षण देखाउन सकियो भने उनीहरु लेन्थ अफ स्टेपनि बढ्न सक्छ ।

राम्रो बाटो र एयर रुट नहुँदा पनि समस्या भइरहेको छ । भैरहवा र पोखराको एयरपोर्ट चलेका छैनन् । चल्न नसक्ने भए नबनाएको भए हुन्थ्यो । अर्को बिडम्बना काठमाडौं–बैंककको एकतर्फी भाडामा बैंकक–कलकत्ता दोहोरो टिकट पाइन्छ । त्यहीभएर धेरै पर्यटक तीर्थयात्री उता आउन सजिलो मान्छन् । उता आएपछि उनीहरुको यायायातको कनेक्टिभिटी राम्रो छ । चारैतिर घुमेर अन्तिममा पैसा बचे यता आउँछन् नभए उतैबाट फर्किन्छन् । यता नेपालमा विदेशीलाई हवाई भाडा दोब्बर पर्छ । अनी कसरी नेपाल आउन उत्साहित हुन्छन् ? काठमाडौंबाट भैरहवा आउन विदेशीलाई झण्डै १४–१५ हजार पर्छ । बसमा आउ ८–१० घण्टा लाग्छ । भारतले बौद्ध पर्यटन राम्रो बुझेको छ । त्यही भएर लगानी पनि गरेको छ ।

लुम्बिनीलाई राजनीतिबाट मुक्त गर्न सक्यो भने मात्र यसको बृहत्तर विकासमा टेवा पुग्छ । अन्यथा बिग्रनुको सिवाय बन्ने छैन् । विश्वकै उत्कृष्टमा गुरुयोजना बनाउनेमा पर्छन् जापानीज वास्तुकलाविद् केन्जे टांगे । उनले बनाएको लुम्बिनी गुरुयोजना त्यसैको एक भाग हो । एउटा कागजको पन्नाभित्र बुद्धको सिंगो दर्शन झल्काएका थिए । तर, अहिलेका कोषका नेतृत्वकर्ता उक्त गुरुयोजनालाई खोस्टो बनाइदिए । गुरुयोजना छ र भन्ने बनाई दिए । सिंगापुर सिटी उनले दुई वर्षमा डिजाइन गरेका थिए । जुन अहिले विश्वकै ब्यवस्थित, विकसित र उत्कृष्ट सहरमा पर्छ । लुम्बिनी उनले ६ वर्ष लगाएर डिजाइन गरेका थिए । अल्छी लाग्यो भोली गरुला भनेर होइन् । उनीसँग रहेको प्रोफेसनल उटेक ग्रुप र उनी मिलेर बनाएका थिए । विज्ञ मान्छेले बुझ्ने र कार्यान्वयन गुरुयोजना राजनीतिक ब्यक्ति नेतृत्वकर्ता भएपछि गुरुयोजना धाराशायी बन्यो । पार्टीकै मान्छे ल्याए पनि विज्ञ र विशेषज्ञलाई ल्याएको भए यो दुर्गति हुन्थेन् ।
(पुरातत्व विभाग प्रमुख, लुम्बिनी बौद्ध विश्व विद्यालय, लुम्बिनी)