June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

छठ पर्वको रौनक (फोटो फिचर)

Advertisement

भैरहवा– छठ पर्वको मुख्य दिन आज रौनकता छाएको छ । आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिएर छठ पर्व मनाइएको छ । भैरहवाको गल्लामण्डीमा रहेका तीनवटा छठ पोखरीमा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ ।

Advertisement

यस्ता सिद्धार्थनगर–५ मा रहेको कालीभक्ति गणको छठ पोखरी, मर्चवार, लुम्बिनी, रोहिणीका छठ पोखरीमा पनि उस्तै घुइँचो छ । वर्त बसेका श्रद्धालुले आज अस्ताउँदो सूर्यको पूजाआरधाना गरी अर्घ्य दिएका छन् । भोलि उदाउँदो सूर्यलाई अर्घ्र्य दिनेछन् ।

यस पर्वको कारणले विभिन्न समुदाय, जात, धर्मका व्यक्तिहरुबीच सद्भाव बढेको छ । छठको अवरमा रुपन्देहीका तिनाउ, दानव, घाघरा, रोहिणी नदीसहित तालतलैया र पोखरी सिंगारिएको छ । श्रद्धालुहरु त्यहाँ पुगेर पुजाआजा गरेका छन् । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मंलबारदेखि सुरु भएको थियो । बिहीबार रुपन्देहीका नदी, तलाउ, पोखरीमा हजारौं श्रद्धालुले अस्ताउँदो सूर्यलाई पूजा गरी अर्घ्य दिए ।

सबै तस्बिरः पब्लिक कुरा