लुम्बिनी प्रदेशमा सचिवहरूको जिम्मेवारी तोकियो


भैरहवा– लुम्बिनी प्रदेशमा सचिवहरुको जिम्मेवारी तोकिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हालै सरुवा भएर प्रदेशमा आएका सचिवहरुमा जिम्मेवारी तोकेको हो ।
यसअघि प्रदेशमा आएर पनि सचिवहरुले जिम्मेवारी पाएका थिएनन् । भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालका अनुसार तीनजना सचिवलाई विभिन्न मनलय र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा काम गर्ने गरी जिम्मेवारी तोक्ने निर्णय गरिएको हो ।
मन्त्रिपरिषदको निर्णय अनुसार भिमार्जुन पाण्डेलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ । यस्तै, भूपेन्द्र थापालाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र ईश्वरराज पौडेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी तोकिएको हो । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले सचिवको जिम्मेवारी तोकेका मन्त्री ढकालले जनाए ।








प्रतिकृया दिनुहोस्