‘सिटी हस्पिटल आमसर्वसाधरणको भरोसा बनेको छ’

निजी क्षेत्रबाट संचालित सिद्धार्थनगर सिटी हस्पिटल प्रालि पछिल्लो समय रुपन्देहीसँगै आसपासका जिल्ला र छिमेकी मुलुक भारतका विभिन्न ठाउँका बासिन्दाहरुका लागि उपचार गराउन भरपर्दो स्वास्थ्य संस्था बनिरहेको छ । सर्वशुलभ, छिटोछरितो र विशेषज्ञ चिकित्सकका कारण धेरैले सिटी अस्पताललाई विश्वास गर्ने गरेका हुन् । दैनिक ओपीडी सेवासँगै कपाल प्रत्यारोपणसम्म उपचार सेवा दिइरहेको अस्पतालले पछिल्लो पटक मुटुरोग सेवा पनि सुरु गरेको छ । यसैसन्दर्भमा अस्पतालले उपलब्ध गराउँदै आएका स्वास्थ्य उपचार सेवासुविधा र आगामी योजना लगायतका विषयमा रहेर पब्लिक कुराले प्रबन्ध निर्देशक अर्जुन पौडेलसँग गरेको कुराकानीको सम्पादित अंशः
सिद्धार्थनगर सिटी हस्पिटलको सुरुवात कसरी भयो ?
भैरहवामा एउटा राम्रो, विश्वसनीय, भरपर्दो र सर्वसुलभ सेवा दिने गरी अस्पताल बनाऔं भन्नेबारे हामीले सल्लाह गर्यौं । त्यसपछि सानो टिम भएर अस्पताल खोल्ने निचोडमा पुग्यौं र २०१० मा १५ बेडबाट लुम्बिनी रोडबाट सेवा सुरु गरेका हौं । त्यसबेला भैरहवामा मेडिकल कलेज मात्रै थियो, अन्य राम्रो अस्पताल थिएन । जसले गर्दा विरामीहरु बुटवल, काठमाडौं, भारतको गोरखपुर लगायतका ठाउँमा जाने गर्थे । हामीले अस्पताल सुरु गरेपछि भैरहवाका राम्रा चिकित्सक र प्रतिष्ठित व्यवसायीहरु पनि जोडिँदै जानुभयो । विस्तारै हामीले ५० बेडमा स्तरोन्नती गर्यौं । हाल आएर मायादेवी गाउँपालिका–८, एयरपोर्ट रोडमा आफ्नै सुविधा सम्पन्न भवनमा लिफ्ट जडित एक सय बेडको अत्याधुनिक उपकरण जडित अस्पताल संचालन गरिरहेका छौं । जसले गर्दा विरामीलाई पहिलेजस्तो टाढा जानुपर्ने बाध्यता हटेको छ । यहाँसम्म आउन यसक्षेत्रका प्रतिष्ठित व्यवसायी, चिकित्सक, कर्मचारी र आम भैरहवाबासीको ठूलो साथ र सहयोग रहँदै आएको छ । सबैको साथले आज स्वास्थ्य क्षेत्रमा सिटी हस्पिटलले राम्रो स्थान बनाउँदै गएको छ ।
तत्कालीन अवस्थामा अस्पताल सुरु गर्दादेखि अहिलेसम्म आउँदा कस्ता आरोह–अवरोह आए ?
काम गर्दा चुनौती धेरै हुन्छन् । त्यससँगै अवसर पनि हुन्छन् । सुरुवातमा धेरै चुनौतीहरु थिए । हामीले चुनौतीको सामना गर्दै यस क्षेत्रको आवश्यकतालाई पहिचान गर्यौं, चुनौतीलाई अवसरमा बदल्यौं । एउटा सानो लगानीबाट सुरु गरेको हुँदा थोरै साधनस्रोतबाट काम गर्यौं । तर, कहिल्यै आत्तिएनौं । कुनै पनि कुरा सानो स्रोतबाट काम गर्दा पक्कै धेरै कुरा सिक्न पाइन्छ । जहाँ दुःख हुन्छ, त्यहाँ सुख पनि हुन्छ । सुरुवातमा आमनागरिकले विश्वास गर्ने, राज्यको नीति नियम, जनशक्तिका कुराहरु आउँछन् । लगानीका कुरा थिए । सबै समस्यालाई समाधान गर्दै गयौं । चुनौती अहिले पनि छन्, तर समाधान गर्न सकिन्छ । अवसरमा बदल्दै जानुपर्छ भनेर अघि बढेकै कारण आज सिटी अस्पताल यो अवस्थामा आएको हो । यसको हकदार हाम्रा लगानीकर्ता, विशेषज्ञ चिकित्सक, कर्मचारी र आमसेवाग्राही हुनुहुन्छ । कोरोना कालमा हामीले गरेको योगदानले पनि धेरैको विश्वास झन बढ्दै गएको छ ।
एउटा सानो अस्पतालबाट सेवा सुरु गरेको सिटी अहिले विशाल बनेको छ । यहाँसम्म आइपुग्दा कस्ता किसिमका सेवाहरु प्रवाह गरिरहनुभएको छ ?
सामान्य उपचारदेखि विशिष्टकृत सेवा हाल आएर अस्पतालले सुरु गरेको छ । एक वर्षदेखि न्यूरो सर्जरी सेवा, हालै मुटुरोग सेवा सुरु गरेका छौं । अस्पतालले दिने मुख्य सेवा भनेकै ट्रमा सेवा हो । यसमा न्युरो सर्जरी, हाडजोर्नी लगायत चोटपटक लगायतका उपचार सेवा दिइरहेका छौं । कपाल प्रत्यारोपण सेवा, डायलासिस, सिटी स्क्यान लगायत स–साना सेवाहरुलाई प्राथकितामा राखेर दिइरहेका छौं । कपाल प्रत्यारोपरण गर्न त अमेरिका, अष्ट्रेलिया लगायत मुलुकबाट आएर एनआरएनए नेपालीहरुले पनि सेवा लिइरहनुभएको छ । हामीले समग्रमा भन्ने हो भने सबै किसिमका वर्गले सेवा लिनसक्ने भरपर्दो उपचार सेवाहरु दिइरहेका छन् । पहिले जस्तो अन्यत्र उपचार गर्न जान पर्दैद । जिल्लाबासी र आसपासका नागरिकले सहज र गुणस्तरीय सेवा पाइरहनु भएको छ ।
अस्पतालले पछिल्लो समय उच्च र राम्रा उपकरणहरु भित्र्याइरहेको छ । खासमा कस्ता उपकरणहरु प्रयोग गरिरहनु भएको छ ?
सिटीमा प्रयोग भइरहेका सबै उपकरण उच्च प्रविधियुक्त छन् । उपकरणमा सबैभन्दा पहिला ट्रमाको कुरा आउँछ । मानिसलाई सबैभन्दा महत्वपूर्ण भनेकै क्रिटिकल कियर हो । क्रिटिकल केयरलाई हामीले बढी फोस गरेका छौं । जस्तो की ओटी अप्रेशन थियटर ओटी मोडुलर थियटर ३ वटा छ । त्यो स्पेशल मोडुलरबारे धेरै भनिरहनु पर्दैन । किनकी यसबारे हामीले पहिल्यै जानकारी गराएका छौं र यहाँ आउने विरामीले त्यसको सुविधा लिइसक्नुभएको छ । प्रदेशमै पहिलो अस्पताल सिटी हो, जसले मोडुलर ओटी राखेको छ । त्यसैगरी हामीले यहाँ राखेका उपकरणहरु अमेरिकन ‘जीई’ कम्पनीका छन् । विश्वमै सफल मानिएको उक्त कम्पनीका धेरै उपकरण राखेका छौं । जस्तो की सिटी स्क्यान, भेन्टिलेटर, वार्मर, एनेसथेसिया लगायतका सामानहरु हामीले प्रयोग गरिरहेका छौं । यस्तै ल्याबहरुमा पनि अत्याधुनिक मेसिनहरु र केमिकल पनि हाइ क्वालिटीका प्रयोग गरेका छौं । अर्कोकुरा शल्यक्रियाका केशहरुमा मोडुलर ओटीका साथसाथै मोस्टअपेरेटिक वार्डहरु राम्रा चाहिन्छन्, त्यसैअनुसार सेटअप हुनुपर्छ । यसमा हामीले विशेष ध्यान दिएका छौं । शल्यक्रिया भनेकै संवेदनशील कुरा हो । शल्यक्रिया गरेर मात्रै हुँदैन, त्यसपछिको व्यवस्थापन अत्यन्तै जरुरी छ । कहिलेकाँही शल्यक्रिया गर्दैगर्दा विरामी सिरियस हुने सम्भावना हुन्छ । तुरुन्त, आईसीयू र भेन्टिलेटरको सुविधा दिनुपर्ने हुन्छ । यसमा हामी सचेत छौं । सबै सुविधा उपलब्ध गराएका छौं । अर्को कुरा प्रत्येक अस्पतालमा डाक्टर, उपकरण र व्यवहार पनि राम्रो चाहिन्छ । यसका साथै पूर्वाधार पनि राम्रो चाहिने भएकाले त्यो कुरा हामीले व्यवस्थापन गरेका छौं ।
यहाँ कार्यरत चिकित्सकहरुलाई आमसर्वसाधरणले कसरी विश्वास गर्ने ?
हामीले सबैभन्दा ध्यान दिएकै उपकरणसहितको चिकित्सकीय सेवा नै हो । त्यसैले यहाँ कार्यरत हरेक डाक्टर अनुभवी, सरल विषय विशेषज्ञ हुनुहुन्छ । डाक्टरहरु राख्दा दक्षलाई प्राथमिकता दिएका छौं । अस्पतालमा जति पनि विरामी आउनुहुन्छ, यहाँ रहेका अत्याधुनिक उपकरणसहित दक्ष चिकित्सक भएकै कारणले हो । यहाँका प्रतिष्ठित उद्योगी व्यापारी, डाक्टरसहितको टिम छ । जसअनुसार हामीले सिटी अस्पताल भनेको एउटा ब्राण्ड हो, यहाँ कुनै पनि चिकित्सक अनुभवी र विशेषज्ञ हुनुपर्छ भनेर लागेका छौं । नेपालकै प्रतिष्ठित र गनिएका अस्पतालहरुमा लामो अनुभव संगालेका चिकित्सक यहाँ कार्यरत हुनुहुन्छ । यहाँ कार्यरत चिकित्सकले बाहिर काम नगर्ने भएकाले पनि यही निरन्तर सेवा दिनुभएको जसले गर्दा आमसर्वसाधरणसहित सबै किसिमका नागरिकले ढुक्क भएर अनुभवी र दक्ष चिकित्सकबाट सेवा लिए हुन्छ । हामीले डाक्टर राख्ख्दा नै उहाँहरुले पढेको ठाउँ, एकेडेमिक क्लासिफिकेशन लिएका इन्स्टीच्युट, काम गरेको अनुभव, डाक्टरको बोली व्यहार, काउन्सिलिङ गर्ने तरिका सबै कुरालाई हेरेर राख्ने गरेकाले पनि सबैले विश्वास गरिरहनुभएको छ ।
अस्पतालका कुन–कुन ठाउँका विरामीहरु आउने गरेका छन् ? र, चाप कस्तो छ ?
अस्पतालमा उपचार गराउन आउने विरामी भनेकै धेरै रुपन्देही, पश्चिम नवलपरासी र कपिलवस्तुका हुनुहुन्छ । यससँगै पाल्पा, अर्घाखाँची, गुल्मी, दाङ, प्यूठान, रोल्पा, रुकुमबाट पनि आउने गर्नुहुन्छ । नजिकका भारतीय जिल्लाहरुबाट पनि ठूलो संख्यामा विरामी यहाँ आउने गर्नुभएको छ । यसका साथै कपाल प्रत्यारोपण गर्न अमेरिका, अष्ट्रेलिया, जापान, थाइल्याण्ड, लण्डन लगायतका मुलुकबाट पनि गैरआवासीय नेपालीहरु आउने गर्नु भएको छ । छिटपुट रुमा मुलुकका अन्य दर्जनौं जिल्लाबाट पनि विरामी यहाँ आउने गर्नुभएको छ । हामीले सोचे भन्दा धेरै ठाउँबाट विश्वास गरेर विरामी अउने गर्नुभएको छ ।
यति धेरै जिल्ला र विदेशबाट पनि विरामी उपचारका लागि आउनुहुने रहेछ, उपचारपछि कस्ता सुझावहरु दिनुहुन्छ ?
हामीले अस्पताल सुरुवात गर्दादेखि नै यहाँ उपचारमा आउने विरामीबाट सकारात्मक सुझाव पाइरहेका छौं । सुरुसुरुमा केही सामान्य गुनासाहरु आउँथे । अहिले त्यस्ता गुनासा छैनन् । बरु अस्पताल प्रशासन, डाक्टर, नर्स लगायतको बोलीब्यवहार, उपचार सुविधा लगायतका विषयमा प्रशंसा गर्ने गर्नु भएको छ । कहिलेकाँही केही विरामीले गर्ने सामान्य गुनासाहरुलाई हामीले सकारात्मक रुपमा लिएर त्यसको सुधार गर्दै लैजाने गरेका छौं । सुझाव र गुनासाहरुले नै कमजोरी सुधार गर्ने मौका मिल्ने भएकाले हामीलाई सबैको सुझाव आवश्यक छ । केही कमीकमजोरी भए दिनुहुन सबैलाई अनुरोध गर्ने गरेका छौं । यही कारणले पनि यहाँ उपचार गराएका विरामी र आफन्तहरु हरेक पटक आफूलाई केही स्वास्थ्य समस्या भएमा यहाँ आउने गर्नुभएको छ ।
सिटी अस्पताललाई नै विरामीले किन रोज्ने ?
जुनसुकै अस्पताले पनि आफ्नो अस्पताललाई राम्रो बनाउन पाए हुन्थ्यो भन्ने चाहन्छ । विरामीहरु आफ्ना अस्पतालमा आउन भन्ने चाहन्छन् । हामीले देखेको, बुझेको र अनुभव गरेअनुसार जति पनि विरामीहरु आउनुहुन्छ, एकपटक यहाँ आएर उपचार गराएपछि पुनः समस्या भए आउने गर्नुभएको छ । आफन्तहरुलाई पनि सिटीमा राम्रो उपचार हुन्छ भनेर पठाउने गर्नुभएको छ । मानिसले सफासुग्गर, स्वास्थ्यकर्मी, चिकित्सक र प्रशासनको राम्रो बोली ब्यवहार, विशेषज्ञ सेवा, सस्तो र छिटोछरितो उपचार खोज्छ । यी कुरामा हामी अब्बल छौं । जतिबेला पनि आउँदा सहजै विशेषज्ञ चिकित्सकलाई भेट्न पाउँ भन्ने विरामीको चाहना हुन्छ । त्यसअनुसार हाम्रो अस्पतालले सुविधा दिइरहेको छ । अत्याधुनिक उपकरण जडित छन् । मानौ कुनै विरामीको शल्यक्रिया भयो भने हामीले अनावश्यक धेरै अस्पताल राख्ने काम गर्दैनौं, विरामीको अवस्था र चिकित्सकको सल्लाहले त्यस्ता विरामीलाई घर पठाउँछौं । यी सबै हिसाबले पनि आफूलाई स्वास्थ्य समस्या परे विरामी सिटीमा आउने गर्नुभएको छ ।
यदाकदा सुन्नमा आउँछ, सिटी अस्पताल महंगो छ भन्ने ?
यो कुरा हामीले पनि बेलाबखत सुन्छौं । महंगो भन्नेहरु धेरैले अस्पतालको भवन, सेवासुविधा, उपकरण र दक्ष चिकित्सकलाई हेरेर भन्ने गर्नुभएको छ । तर, त्यसो होइन्, जो सिटीमा उपचार गर्न आउनुहुन्छ उहाँहरुले महंगो की सस्तो भन्ने कुरा बल्ल अनुभूत गर्न पाउनुहुन्छ । यसैले फिलिङकै आधारमा महंगो भनिएको जस्तो हामीलाई लागेको छ । यसैले सिटी अन्य निजी क्षेत्रबाट संचालित अस्पताल जस्तै हो, बरु अन्यत्र भन्दा सस्तो र भरपर्दो छ । ढुक्क भएर सिटीमा सेवा लिन म सबैलाई आग्रह गर्छु ।
अस्पतालका आगामी योजनाहरु कस्ता छन् ?
हामीले एक सय बेडमा अस्पताल संचालन गरिरहँदा धेरै सेवाहरु सुरु गरिसकेका छौं । यसलाई अझै प्रभावकारी बनाउँदै भविष्यमा अझै उत्तरउन्नती गर्ने हो । भएका सेवासुविधालाई अझ विश्वसनीय बनाए मात्रै पनि अस्पताल बढी भन्दा बढी आमसर्वसाधरणको भरोसा बन्न सक्छ भन्ने हाम्रो विश्वास हो । यसका साथै हामीले आगामी दिनमा एकेडेमिक कार्यक्रमहरु पनि संचालन गर्ने गरी तयारी गरिरहेका छौं ।
अस्पतालको सामाजिक उत्तरदायित्व पनि हुन्छ, यहाँहरुले अस्पतालबाट सामाजिक उत्तरदायित्व अन्तर्गत कस्ता कार्य गर्दै आउनुभएको छ ?
समाजमा गरिने हरेक कार्यको उत्तरदायित्व हुन्छ र हुनुपर्छ । त्यसैले सिटी अस्पतालले पनि आफ्नो सामाजिक उत्तरदायित्वलाई विशेष प्राथमिकता राखेर काम गरिरहेको छ । विभिन्न जिल्लाका दुर्गमवस्तीहरुमा हामीले निःशुल्क स्वास्थ्य शिविर संचालन गरिरहेका छौं । त्यस्ता शिविरमा विशेषज्ञ चिकित्सकले उपचार गर्ने गर्नुभएको छ । यसका साथै औषधि वितरण पनि निःशुल्क गर्ने गरिएको छ । आवश्यकताका आधारमा महिलाहरुका लागि पाठेघर, मुटु, सुगर, नाक, कान, घाँटी लगायत दर्जनौं रोगहरुलाई लक्षित गरेर शिविर संचालन गरिरहेका छौं । यससँगै अस्पतालमै पनि विभिन्न छुट सुविधा दिएर चेकजाँच हुने गरेको छ । गरिब तथा विपन्न परिवारका सयौं नागरिकको सामान्यदेखि जटिल उपचार समेत निःशुल्क गरेका छौं । बेलाबखत यस क्षेत्रका दर्जनौं सामाजिक संघसंस्थाहरुसँग सहकार्य गरेर निःशुल्क शिविर चलाएका छौं । यस्ता शिविरबाट हजारौंले सहज र निःशुल्क उपचार पाउनुभएको छ ।
निजी क्षेत्रबाट अस्पताल संचालन गरिरहँदा कस्ता चुनौतीहरु देख्नुहुन्छ ?
चुनौती हरेक क्षेत्रमा हुन्छन् । अस्वस्थ प्रतिस्पर्धाले चुनौतीहरु कहिलेकाँही थपिँदै जान्छन् । बेलाबेला परिवर्तन हुने राज्यका नीतिनियम पनि यसका फ्याक्टर छन् । तर, ठूलो लगानी भएका र नीतिनियम पालना गरेर संचालित अस्पतालहरुलाई दर्ताविनै संचालित स्वास्थ्य संस्थाले केही चुनौती भने थपेका छन् । यसलाई राज्यले नियमन गर्नुपर्छ । हामीले सबै चुनौतीसँग जुध्दै अस्पतालको ब्राण्डलाई अझ प्रभावकारी बनाउँदै लैजाने गरी अघि बढेका छौं ।
प्रतिकृया दिनुहोस्