January 13, 2025, Monday
२०८१ माघ १

लुम्बिनी प्रदेशका कृषि मन्त्री अहिरले दिए राजीनामा

दाङ– लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महरा समक्ष राजीनामा बुझाएका हुन् । जनता समाजवादी पार्टी नेपाल फुटेपछि उनी अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा लागेका थिए ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिँदा उनी अशोक राईतिर लागेर मन्त्री बनेका थिए । जसपाले कांग्रेस–एमाले गठबन्धनको साथमा रहेको कारण माओवादी नेतृत्वको सो सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाएको सो पार्टीमा महासचिव इस्तियाक राईले बताए ।