July 15, 2024, Monday
३१ असार २०८१, सोमबार

बाँकेको बाल सुधारगृहमा फेरि झडप, दुईजना भारतीय बालक सम्पर्कविहीन

Advertisement

नेपालगंज– बाँकेको बाल सुधारगृहमा फेरि झडप भएको छ। जिल्लाको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बाल सुधारगृहमा गए राति झडप भएको हो । खाना खाने क्रममा विवाद भएपछि सुधारगृहमा रहेको दुई पक्षीय बालकहरुबीच झडप भएको हो।

Advertisement

झडपपछि ५० बढी बालबन्दी भागेका थिए। ठूलो संख्यामा परिचालित प्रहरीले धेरैलाई नियन्त्रणमा लिएको छ। बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डांगीले आठजना नियन्त्रणबाहिर रहेकामध्ये ६ जना सम्पर्कमा आइसकेको बताए । ‘भागेकाको खोजी कार्य जारी छ’, उनले भने ।

प्रहरीक अनुसार दुईजना सम्पकर्कबाहिर छन्। दुवैजना भारतीय हुन्। यस सुधारगृहमा यसअघि पनि पटक–पटक झडप भएको थियो। बाल सुधारगृहमा अहिले २ सय ७२ जना बालबन्दी छन्।

बालकहरु भागेपछि अहिले ठूलो संख्यामा शिविल प्रहरी परिचालन गरेर खोजी भइरहेको छ । तर, भागेका दुई बालक अझै भेटिएका छैनन् । भारतीय बालहरु भएकाले उनीहरु भारततर्फ गएको हुनसक्ने आशंका गरिएको छ । यसले गर्दा सीमाक्षेत्रमा कडाई गरिएको छ ।