लुम्बिनीमा यसरी मनाइयो अन्तर्राष्ट्रिय योग दिवस (फोटो फिचर)
भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । १०औं अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा योगाभ्यास गरी दिवस मनाइएको छ । हरेक वर्ष जुन २१ गते दिवस मनाइन्छ । गत वर्षदेखि भारतीय राजदुतावास र लुम्बिनी विकास कोषसहितका संस्थाहरुको आयोजनामा लुम्बिनी जुन २० गते योग दिवस मनाइँदै आएको छ ।
बिहीबार लुम्बिनीमा आयोजित योग दिवसमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा, नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्त, कोषका सदस्य सचिव सानुराजा शाक्यले योगको महत्वबारे धारणा राखेका थिए । सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा संयुक्त राष्ट्र संघले अनुमोदन गरेर जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन लागिएको हो । त्यसअघि जुन ३१ लाई योग दिवसका रुपमा मनाइन्थ्यो ।
कार्यक्रममा पूर्वमन्त्री हृदेश त्रिपाठी, देवेन्द्रराज कंडेल, लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्धिन खाँन, नेपाल–भारत मैत्री केन्द्रका केन्द्रीय अध्यक्ष सिद्धार्थ अग्रवाल, महासचिव प्रशान्तविक्रम मल्ल, पतञ्जली योगमा आबद्ध रुपन्देही, कपिलबस्तु र नवलपरासीका योग गुरु, योग अभ्यासकर्ता, उद्योगी व्यवसायी र स्थनीयहरु गरी ५ सयको उपस्थिति थियो । उनीहरु सबैले केहीबेर योगाभ्यास गरे ।
भारतीय राजदुतावास, लुम्बिनी विकास कोष, विपि कोइराला भारत नेपाल फाउण्डेशन, पतञ्जली योगपिठ नेपालले संयुक्त रुपमा विहीबार नै लुम्बिनीमा दिवस मनाएका हुन् । उक्त अवसरमा सहभागी मुख्यमन्त्री सहितका अतिथिहरुले समेत योग अभ्यास गरेका थिए ।
यो वर्ष ‘स्वास्थ्यका लागि योग’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । संयुक्त राष्ट्र संघको आह्वानमा प्रत्येक वर्ष जुन २१ तरिखका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।
प्रतिकृया दिनुहोस्