October 15, 2024, Tuesday
२०८१ आश्विन २९

कैद भुक्तानका लागि एउटै वडाका सातजना पक्राउ

भैरहवा– जिल्ला अदालत, रुपन्देहीबाट दश बर्ष अघि भएको मुद्दा फैसला अनुरुप कैद सजाय भुक्तान गर्नु पर्नेमा फरार रहेका एउटै वडाका ७ जना कसुरदार व्यक्तिलाई प्रहरी चौकी खैरेनी, रुपन्देहीले पक्राउ गरेको छ ।

Advertisement

उनीहरु सबैजना वन मुद्दाको अभियोगमा २०७१ साल बैशाख ३ गते अदालतबाट कैद सजाय पैmसला व्यक्ति हुन् । सैबजना देवदह नगरपालिका निवासी हुन् ।

प्रहरीका अनुसार, देवदह नगरपालिका–६ निवासी कमला रेश्मी, खुमबहादुर बाह्रघरे, खुमा बाह्रघरे, लालकुमारी सिंजाली, कुमारी राना, लिला राना र सातबहादुर बाकबल छन् । उनीहरु सवैजनालाई अदालतबाट १८ दिनको कैद सजायको फैसला भएको थियो ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डीएसपी तथा सूचना अधिकारी मनोहरप्रसाद भट्टले पक्राउ गरिएका सातैजनालाई कैद भुक्तानका लागि जिल्ला अदालत रुपन्देहीमा पेश गरिएको बताए ।