May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

गर्मीमा धेरैलाई हुने फंगल इन्फेक्सन के कारणले हुन्छ ?

Advertisement

गर्मी महिनामा पसिना धेरै आउने हुँदा फंगल इन्फेक्सनको समस्या देखिन्छ। गर्मीमा चिपिक्क परेको लुगा लगाउने, धेरै बेरसम्म जुत्ता लगाइराख्ने र मोटा मान्छेलाई यो समस्या धेरै देखिन्छ। शरीरको कापकापमा धेरै बेरसम्म पसिना आइराख्यो भने पनि यो समस्या हुन्छ।

Advertisement

डाइपर लगाउने बच्चामा पनि डाइपर लगाउने भागमा काछ लाग्नेगर्छ। मोटो बच्चाकामा घाँटीमा यस्तो समया बढी देखिन्छ।

लक्षण 

छाला चिलाउने, छाला रातो हुने, छालामा गोलो रिङ हुने, छाला उप्किने, पानीका फोका जस्तो घाउ आउने, घाउमा सेतो पाप्रा जम्ने,औँलाको काप सुन्निने।

पहिचान 
चिलाउने, गोलो आकारको रिङ देखिने, छाला रातो हुने, कापकापमा काछ लाग्ने जस्ता समस्या देखिएमा तुरुन्तै छाला रोग विशेषज्ञलाई देखाउनुपर्छ। घाउको माथिको पाप्रालाई जाँज गरेपछि यो रोगको पहिचान हुन्छ।

उपचार 
रोग पहिचान भइसकेपछि चिकित्सकको सल्लाहअनुसार घाउमा लगाउने मल्हम, औषधि लगाउने र औषधि खाएर पनि सुकाउन सकिन्छ। साथै एन्टिफंगल इन्फेक्सन पाउडर र साबुनको प्रयोग गर्न सकिन्छ।

 बच्ने उपाय 
– गर्मी महिनामा नुहाएपछि राम्ररी पुछेर शरीर सुख्खा राख्ने
– गर्मी महिनामा सुतीको हल्का लुगा लगाउने
– शरीर ओसिलो हुनबाट जोगाउने
– पसिना धेरै आउन नदिने र शरीर गुम्स्याएर नराख्ने
– बजारमा जथाभावी पाइने औषधि नलगाउने
– जुत्ता धेरै दिनसम्म एउटै नलगाउने, जहिले पनि सुतीको मोजा लगाउने र मोजा दिनहँु धुने
– धेरै पसिना आउनेले एन्टिफंगल पाउडर र साबुनको नियमित प्रयोग गर्ने।