May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

उच्च रक्तचाप के हो, कसरी गर्ने व्यवस्थापन ?

Advertisement

उच्च रक्तचाप भनेको यस्तो अवस्था हो, जसमा रगतको प्रवाह हुने रक्तनलीहरुमा चाप बढी हुने गर्छ। यसले गर्दा रक्तनलीहरूमा क्षति पुग्छ र ती रक्तनलीहरू बन्द हुने सम्भावना बढाउँछ।

Advertisement

अधिकांश बिरामीलाई बढ्दो उमेरसँगै उच्च रक्तचापको समस्या हुने गर्छ। केही अन्य समस्या जसमा उच्च रक्तचाप कम उमेरमै देखिन थाल्छ, यसको कारण अरु नै हुन सक्छन्। जस्तैः मिर्गौला सम्बन्धी रोग, हर्मोनको गडबढ वा लामो समस्यसम्म स्टेरोइड जस्ता औषधिको सेवन हुन सक्छन्। कम उमेरमै हुने उच्च रक्तचापको कारणलाई सुधार गर्न सकिने हुन सक्छ।

उच्च रक्तचापका लक्षणहरू
अधिकांश बिरामीमा उच्च रक्तचापको कुनै पनि लक्षण नदेखिन सक्छ। यसै कारण यो रोगलाई थाहा नहुने मृत्युको कारण साइलेन्ट किलर पनि भन्ने गरिन्छ।
रक्तचाप धेरै बढेपछि टाउको दुख्ने, नाकबाट रगत बग्ने वा चक्कर लाग्ने हुन सक्छ।

लामो समयदेखि उच्च रक्तचापको बिरामीका रक्तचापका कारण विभिन्न जटिलताहरू जस्तैः मुटुरोग वा मिर्गौला सम्बन्धी रोग वा पक्षघात पनि हुन सक्छ।

परिवारमा यदि कोही उच्च रक्तचापबाट ग्रसित छन् भने तपाईंलाई पनि यो समस्या हुन सक्ने सम्भावना हुन्छ। यसका साथै कम शारीरिक क्रियाकलाप, बढ्दो तौल, रगतमा बढ्दो चिल्लोपना, धूमपान गर्नाले वा मधुमेह रोगले उच्च रक्तचाप हुने जोखिम बढाउँछ।

उच्च रक्तचापलाई नियन्त्रण गर्ने विभिन्न औषधिहरू उपलब्ध छन्। त्यसमध्ये चिकित्सकले तपाईंको आवश्यकता अनुसार कुनै औषधि छनोट गर्न सक्नुहुनेछ।

रक्तचापको दीर्घकालीन नकारात्मक असरबाट बच्न यी औषधि नियमित सेवन गर्न जरुरी छ।

उच्च रक्तचापको रोकथाम र व्यवस्थापन

आफ्नो जीवनशैलीलाई परिवर्तन गर्नुहोस्ः सन्तुलित आहारमा बढी जोड दिने वा आफ्नो स्वस्थ तौललाई कायम राख्ने।

खानामा नुनको प्रयोग कम गर्ने र फलफूल, सागसब्जी र दूधबाट उत्पादित चिल्लो कम भएका सामग्रीहरूको उपभोग प्रशस्त मात्रामा गर्ने।

नियमित शारीरिक व्यायाम गर्ने ९हप्ताको कम्तीमा पाँच दिनसम्म हरेक दिन छिटो हिँड्ने, दौडिने, कम कम से कम ३० मिनेट पौडी खेल्ने, धूमपान नगर्ने।

समयमै चिकित्सकसँग परामर्श लिनुहोस्। पूर्ण शारीरिक जाँच र उचित परीक्षण गराउनुपर्छ। प्रायः उच्च रक्तचाप बाहेक अन्य असामान्यताको पहिचान हुँदैन तर यस्तो अवस्थालाई इसेन्टल हाइपरटेन्सन भनिन्छ।
नियमित रुपमा निह औषधि सेवन गर्ने। अन्यथा ती औषधि लाभदायी हुँदैनन्। उच्च रक्तचाप बिरामीले आफ्नो रक्तचापको नियमित जाँच गराइराख्रनु पर्छ। साथै चिकित्सकको निर्देशन अनुसार समयसमयमा स्वास्थ्य जाँच गराउन जानु पर्छ। यसो गर्नाले तपाईंको रक्तचाप कतिको घटेको वा बढेको छ भन्ने थाहा पाउन सकिन्छ। र सोही अनुसार चिकित्सकले औषधि मात्रा समायोजन गर्नेछन्।

चिकित्सकको सल्लाहबिना तपाईं औषधि सेवन गर्न नछाड्नुहोस्। यदि औषधिको कारण केही प्रतिकूल असर भएमा यसबारे आफ्नो चिकित्सकसँग सम्पर्क गर्नुहोस्।