May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

पानी परेपछि राहत

Advertisement

भैरहवा– करिब ६ महिनाभन्दा लामो समयको सुक्खापछि मंगलबार बिहानबाट मौसममा परिवर्तन देखिएको छ । प्रत्येक दिन बिहान चर्को घाम लाग्ने गरेको थियो । मंगलबार बिहान टम्म बादलसँगै हलुका वर्षा भएपछि सर्वसाधरणले राहत महशुस गरेका छन् । सधैं निलो देखिने आकासमा बादल छाएपछि किसान आसाबादी बनेका छन् । लामो समय पानी नपरेपछि गर्मीले जनजीवन प्रभावित बनेको थियो ।

Advertisement

मौंसमबिदले आज लुम्बिनी प्रदेशका केही भूभागमा वर्षाको अनुमान व्यक्त गरेका थिए । मौसममा परिवर्तन आएपछि वर्षा हुँदा सर्वसाधरण खुसी भएका हुन्छन् । लामो समय सुक्खा हुँदा आगलागीका घटना समेत घटेका थिए । यसबाट करोडौंको क्षति भएको थियो ।

बैशाखमै भैरहवाको तापमान ४४ डिग्री पुग्दा सर्वसाधरण दिउँसोमा बाहिर निस्कन समेत कठि थियो । मंगलबार केही समय भैरहवामा वर्षा भयो । मध्यान्न पनि खासै गर्मी छैन । एकछिनको वर्षाले ठूलो राहत मिलेको सिद्धार्थनगर–१२ का पशुपतिनाथ अग्रहरीले बताए ।

‘उकुसमुकुस थियो, दिउँसो बाहिर निस्कनै मुस्किल थियो । बालबच्चा विरामी भएका थिए’, उनले भने, ‘आज केही समय वर्षा भएपछि राहत महसुस भएको छ ।’ भैरहवामा लामो समय पछि हल्का वर्षा भएको हो ।

मैसमविदका अनुसार आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका केही भागमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।