May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

सिटी हस्पिटलमा जनरल सर्जरीसम्बन्धी स्वास्थ्य शिविर संचालन हुँदै

भैरहवा– यहाँस्थित सिद्धार्थनगर सिटी हस्पिटल प्रालिमा दुई हप्तासम्म विशेष छुटका साथ स्वास्थ्य शिविर संचालन हुने भएको छ । भैरहवास्थित लुम्बिनी रोडमा रहेको उक्त अस्पतालले आम सर्वसाधरणको स्वास्थ्यलाई मध्यनजर गरेर बैशाख २० गतेदेखि जेठ ४ गतेसम्म दुई हप्ता विशेष छुटसहित स्वास्थ्य शिविर आयोजना गरेको अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले जानकारी दिए ।

Advertisement

‘सिटी लुम्बिनी प्रदेशको एक मात्र अत्याधुनिक मोडुलर ओटी, मोडुलर आईसीयु, एनआईसीयु युक्त अस्पताल हो’, पौडेलले भने, ‘अत्याधुनिक अस्पतालमा आम नागरिकलाई विशेष सुविधामा उपचार गर्नका लागि शिविर आयोजना गरेका हौं ।’ यस अस्पतालले शिविर अवधिमा बिरामीहरुको सेवासुविधालाई मध्येनजर गर्दै हाइड्रोसिल, हर्निया, पायल्स, पित्तथैलीको पत्तथरी, मृगौलाको पत्तथरी लगायतका जाँचहरुमा ओपिडी टिकट निःशुल्क गरेको जनाएको छ ।

Advertisement

विगत लामो समयदेखि विशेषज्ञ सेवा प्रदान गर्दै आइरहेको हस्पिटलले सबै बिरामीको समान पहुँच हुनुपर्दछ भन्ने उद्देश्यले जनरल सर्जरी सम्बन्धी बिरामीहरुको निःशुल्क चेकजाँच तथा परामर्श गर्ने भएको हो । ‘परामर्शको क्रममा आवश्यक पर्ने ल्याव परीक्षण, एक्सरे, भिडियो एक्सरे, इसिजी लगायतका जाँचहरुमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने सिटी स्क्यान गर्नुपरेमा पनि विशेष छुट दिनेछौं’, हस्पिटलका प्रबन्ध निर्देशक पौडेलले भने ।

अस्पतालले नियमित सेवाहरु अन्तर्गत फिजिसियन सेवा, मृगौला रोग सेवा, बाल रोग सेवा, महिला रोग तथा प्रसुति सेवा, यौन तथा छाला रोग सेवा, हाडजोर्नी तथा नसा रोग सेवा, जनरल सर्जरी सेवा, अत्याधुनिक ल्याव सेवा, सिटी स्क्यान, भिडियो एक्सरे, एक्सरे, आईसीयु, एनआईसीयु लगायतका सेवाहरु प्रदान गरिरहेको छ ।

‘अस्पताल अत्याधुनिक ल्यावमा विश्वसनीय तथा उच्च गुणस्तरीय मेसिन औजार तथा दक्ष अनुभवी कर्मचारीसहित उच्च स्तरीय मापदण्डसहित संचालित छ’, उनले भने, ‘यस हस्पिटलले हाल अत्याधुनिक ल्याव उपकरणसहित छिटोछरितो सेवासुविधा उपलब्ध गराउँदै आइरहेको छ ।’ सबै किसिमका ल्याव परीक्षणहरु एउटै छानामुनि गर्न सक्ने उच्च श्रेणीको ल्याव, ६४ सलाइस सिटी स्क्यान, डिजिटल एक्सरे र भिडियो एक्सरे सेवा व्यवस्थासहित सेवा संचालन गर्दै आइरहेकाले अस्पतालमा बिरामीको भीड लाग्ने गरेको छ ।