May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनीका प्रदेश प्रमुख शेरचन अस्पताल भर्ना

बुटवल– स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन अस्पताल भर्ना भएका छन् । शेरचनका प्रमुख स्वकीय सचिव नारायणप्रसाद आचार्यले बेन स्टप भएपछि अस्पताल भर्ना गरिएको जनाए । उनका अनुसार प्रदेश प्रमुख शेरचन अहिले खतरा मुक्त छन् ।

१३ गते बिहीबार साँझदेखि बिरामी परेका शेरचनको ललितपुर भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । शेरचनको देब्रे हात नचल्ने भएको छ । उपचारपछि आर्इसीयुबाट अहिले क्याबिनमा सारिएको बताए । चिकित्सकको सल्लाहअनुसार अझै केही दिन अस्पताल राख्ने के गर्ने भन्नेबारे छलफल भइरहेको उनले बताए ।

Advertisement