May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

दलित ज्ञान उत्सवः बुटवलमा तीन दिन दलित समुदायका मुद्दामा बहस

भैरहवा- रुपन्देहीको बुटवलस्थित होटल पौवामा दलित समुदायका बिभिन्न सवालमाथि बहस भइरहेको छ । विभिन्न सत्रमा समुदायसित सराकोरका विषयमा बिज्ञहरुसित समस्या उठान र समाधानका विषयमा बुधबारबाट छलफल भइरहेको हो । मुलुकमा पहिलो पटक दलित समुदायका मुद्धा उठान गर्न यस्तो बहस आयोजना गरिएको हो । लिटरेचर फेष्टिफल र सम्मेलन जस्तै समुदायका समस्या पहिचान गरेर समाधानका लागि कसरी दबाब दिन सकिन्छ भन्ने बारेमा बहस केन्द्रित छन् । साथै इतिहासबाट समाजमा दलित समुदायको योगदानबारे चर्चा भइरहेको छ ।

Advertisement

बुधबार आधा दर्जनभन्दा बढी विषयमा छलफल गरिएको थियो । यी सत्रकै क्रममा मुलुकमा आमसञ्चारका माध्याममा विविधता देखिए पनि मूलधारका मिडियाले दलित समुदायका मुद्धालाई प्राथमिकता दिन नसकेको सरोकारवाला र सम्बन्धित समुदायका व्यक्तिको भनाई छ । बुधबार रुपन्देहीको तिलोत्तमामा आयोजित दलित ज्ञान महोत्सव अन्तर्गत ‘नेपाली मिडियामा दलित’ शिर्षक बहसका वक्त र सहभागिले अहिले पनि दलित समुदायसित सम्बन्धित समाचार घटना प्रधान मात्र भएको बताए । दलित समुदायले भोग्नु परिरहेका समस्या केन्द्रित भएर सञ्चारकर्मीले उनीहरुका मुद्धालाई उठान गर्न नसकिरहेको वक्ताको भनाई थियो ।

Advertisement

‘दलित समुदायले समाजका प्रत्येक क्षेत्रमा बिभेद र अन्याय भोग्नु परिरहेको छ,’ पत्रकार जनक सापकोटाले भने, ‘हामी अझै घटना प्रधान समाचार मात्र लेखिरहेका छौं, घटना लेक्छौं, तर त्यसको फलोअप गर्दैनौं ।’ दलित समुदायलाई पीडित तुल्याउने विषय बस्तु र विभेद भोग्न बाध्य पार्ने समुदाय र व्यक्तिका बारेमा लेख्नबाट चुकिरहेको उनले बताए । ‘समाजका हरेक क्ष्ँेत्रमा दलित समुदायका व्यक्तिले मात्रै किन विभेद खेप्नु परिरहेको छ,’उनले भने, ‘हामीले विभेदको कारण खोज्ने पत्रकारिता गर्नुपर्छ, जसमा हामी प्रवेश गरेकै छैनौं ।’

पत्रकारिता मार्फत राज्यका विभेदकारी नीति नियम परिवर्तन गर्न सकिने जनाउँदैं उनले निरन्तर निगरानी गर्न सञ्चारकर्मीसित अनुरोध गरे । दलितका पीडा त्यही समुदायका सञ्चारकर्मीले अनुभूति गरेर लेख्न सक्ने सापकोटाले उल्लेख गरे । ‘मुलधारका सञ्चारमाध्याममा दलित समुदायका पत्रकारको संख्या कमी हुनुमा आर्थिक सुरक्षा पनि एउटा कारण हो,’उनले भने, ‘पत्रकारितामा मनग्गे कमाई नभएकाले हन्डर खप्न सक्ने मात्रै टिक्छन्, यस्तोमा आफनो समुदायका मुद्धा उठानका लागि आट चाहिन्छ, त्यसका लागि तयार हुनुस् ।’

सञ्चारकर्मी रुपमा गहतराजले पहिलेको तुलनामा सञ्चारमाध्यममा दलित समुदायका समस्या, पीडा र सफलताका कथा प्रकाशन भइरहेको बताइन । दलित समुदायबाट प्रतिनिधित्व गर्ने धेरै सञ्चारकर्मी नरहेको अवस्थामा अन्य समुदायका पत्रकारलाई समेत आफ्ना मुद्दामा संवेदनशील तुल्याएर लेख्न प्रेरित गर्नुपर्ने बताइन । ‘दलितका मुद्धा दलितले मात्र लेख्नुपर्छ भन्ने छैन,’उनले भनिन, ‘हाम्रो संख्या कम भएको अवस्थामा अन्य समुदायका पत्रकारलाई मुद्धा लेख्न विषय बस्तु बझाउने र यसको गम्भीरताप्रति संवेदनशील तुल्याउन सक्नुपर्छ ।’ समाजमा विभेद र उत्पिडन भोगेको व्यक्तिले नै यस्ता समस्या अनुभूति गरेर लेख्न सक्ने भएकाले सञ्चारमाध्याममा दलित समुदायका सञ्चारकर्मीको संख्या बढाउन भूमिका खेल्नुपर्नेमा जोड दिइन ।

बहसका अर्का वक्ता पत्रकार माधव नेपालले आफू हुर्किएको परिवेश फरक रहेकाले ढिलो मात्रै दलित समुदायका मुद्धा र समस्या बुझन सकेको बताए । ‘सुरुवातमा दलित समुदायसित सरोकार राखने कतिपय शब्दको प्रयोग गर्न पनि जानेको थिइन,’उनले भने, ‘त्यस्ता शब्दको प्रयोगले समुदायमा पार्ने असरबारे दलित अगुवाबाटै सिके ।’ अहिले सञ्चारमाध्यामको अवस्था खस्किदैं गएको उल्लेख गर्दै आगामी दिनमा दलित समुदायबाट मिडियामा प्रतिनिधित्व गर्ने व्यक्तिले मुलधारसँगै सामाजिक सञ्जाल र इन्टरनेटलाई सशक्तिकरणको माध्याम बनाउनु पर्नेमा जोड दिए । शत्रको पत्रकार बिनोद परियारले सहजिकरण गरेका थिए ।

दलित रिडर्स तथा तिलोत्तमा नगरपालिकाको संयुक्त आयोजनामाबुधबार सुरु उत्सव तीन दिन सञ्चालन हुनेछ । उत्सवको पहिलो दिन दलित ज्ञान, सीपएवं श्रमसम्बन्धी छलफल तथाजातीयविभेदकाविभिन्नशीर्षकमाअन्तरक्रियागरिएको थियो । पहिलो दिन दलितउद्यम, ज्ञानको जातशास्त्र, नेपालीमिडियामा दलित, समाज सिंगार्नेहरु, कला साहित्यमाजातीय चेत, नेपालको शिक्षा र दलित, दलितजनप्रतिनिधीका सपना र सकस लगायत विषयमा बहस गरिएको थियो ।
पहिलो दिन दलित उद्यम शिर्षक बहसमा मानवशास्त्री सुरेश ढकालले मानवजातको विकासमादलित समाजले गरेको योगदान ऐतिहांसिकभएको बताए । उनले दलितका सिपबाटअर्जेको विकासलाई नेपालकाअन्यजातीले भुल्ननहुने अभिव्यक्ति राखे ।त्यस्तै, लेखक सन्जयकुमार पासीले मधेसी दलितको अवस्था तेस्रो दर्जामा राख्ने समाजमादलितशिक्षाबारेको अज्ञानता चिर्न जरुरी रहेको औंल्याए ।दलितशिक्षाले नै समाजलाई चलायमान गराएको इतिहांस सम्झनलायक रहेको उनको भनाई छ ।अध्येता जेबीविश्वकर्माले ज्ञानको श्रोत कसले बनायो रुज्ञान हरेक समुदायकालागि बराबर हुनुपर्छ भनने भनाई राखेका थिए ।

यसअघिउत्सवको उद्घाटन कार्यक्रममाबोल्दै तिलोत्तमानगरपालिकाकाप्रमुख रामकृष्ण खाणले तिलोत्तमानगरपालिकाजातियविवेद अन्त्यगर्नेतर्फ अघि बढीरहेको बताए । उनले नगरपालिकाले दलित रणनिती नै निर्माण गरि पालिकाभित्र सामुदायिक सहिष्णुता कायमगर्न लागिपरेको बताए । तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वर देवी चौधरीले यश प्रकृतिका कार्यक्रमले सामाजिक रुपान्तरणका लागि महत्वपूर्ण योगदान दिने हुनाले आगामी दिनमा यस्ता कार्यक्रमलार्इ निरन्तरता दिएर सामाजिक समावेसिकरणमा सहकार्य गर्दै दलित समुदायलार्इ अवसरमा पहिलो प्राथमिकिकरण दिने गरी नगरपालिकाले भूमिका निर्वाह गर्ने बताइन् ।

कार्यक्रममा दलित रिडर्सका अध्यक्ष रुकमणि नेपालीले दलित आन्दोलनको नया ईतिहास कोर्दै जात ब्यवस्थाले निर्माण गरेको सामाजिक विभेद अन्त्य गर्न यश कार्यक्रम गरिएको बताइन् । उनले दलितसंग पनि ज्ञान हुन्छ र भन्ने समाजलार्इ प्रतिसोध स्वरुप दलित श्रम , सीप र उद्यमको उदाहरण समाजमा पस्किन समेत उत्सवले सघाउने जनाइन् । समाजमा विद्यमान रहेको दलितले पढ्न, लेख्न पाउने उनीहरुमा कुनै प्रकारको उच्च ज्ञान हुँदैन भन्ने भ्रम चिर्न यो उत्सव फलदायी बन्ने उनले बताइन् । उनले यस्तो उत्सव देशमै पहिलोपटक हुन गइरहेकाले हरेक प्रदेशबाट आउने वक्तावा सहभागीले दलित र गैरदलितबीच राखिने असमान व्यवहारलाई हटाउन सघाउने विश्वास लिइएको बताइन् । कार्यक्रममा मुलुकका विभिन्न स्थानबाट चार सयभन्दा सहभागिता छ । उत्सवमा विभिन्न दलित अधिकारकर्मीहरु, मानवअधिकार्मी सञ्चारकर्मी तथा जनप्रतिनिधिको सहभागिता छ ।