June 17, 2026, Wednesday
२०८३ असार ३ बुधबार

समाचार

दुनियाँ भन्थे –
समाचार सुन्नु पर्छ 
टिभी हेर्नुपर्छ 
पत्रपत्रिका पढ्नुपर्छ 

Advertisement

मैले हेरेँ –
युद्धका बाछिटा
मानवताको खाडल 
दुर्घटना नै दुर्घटना
अपराधको महल 
धूर्तहरूको रजाइँ 
पीडितहरूको चीत्कार

Advertisement

म  पनि उही सोचाइमा छु 
विश्वका सम्भ्रान्तहरू 
एलन मस्क झैँ 
विल गेट्स झैँ 
मार्क जुकरबर्ग झैँ 

उनीहरू भन्थे- 
समाचारमा आउन पैसा चाहिन्छ 
बस् ! टन्न पैसा कमाउनुस् 
समाचारका हरफमा अटाउनुस् 

म विकर्षणमा डुब्न सक्दिन- 
घमन्ड तथा अहमताको
मानवीय दरिद्रताको 

न चिथोर्न सक्छु 
कसैको व्यक्तित्व 

 मैले छोडेको छु-
 समाचार सुन्न 
टिभी हेर्न 
अखबारहरू पढ्न 

म भित्रको दम्भ हो कि ! 
बुझ्नेले बताउनुहोला 
 रासायनिक उथल पुथल हुन सक्छ 
कहिले खुसीका उच्च डोपामाइनहरू 
कहिले पीडाका झुर कार्डोसिलहरू

-ratopati