April 28, 2024, Sunday
१६ बैशाख २०८१, आईतवार

म माछा हुँ, मासु होइन

म माछा हुँ, म कसैको मासु होइन
मेरो घर – कुवा, खोला र महासागर
कसैको फोहर फ्याँक्ने डम्पिङ साइट होइन

Advertisement

जिउन चाहन्छु पानीमा म पानी मै मर्न चाहन्छु
मर्नु परे पनि ठूला माछाकै मुखमा पर्न चाहन्छु
भए फेरि पुनर्जन्म माछाकै जुनी चाहन्छु

Advertisement

नपरोस् कहिले मैले मान्छे भएर जन्मिन
खोसेर अर्काको खुशी आफू मात्रै रमाउन
बिथोली प्रकृति आफैं पतनको गीत गाउन

भो चाहिएन मलाई मान्छेको जस्तो चेतना
गर्नु छैन मलाई आफैं आफ्नै खुशीको छेदन
दुख निम्त्याउँछ मान्छेले जसरी र गर्दछ बेदना

माछाबाटै हुन्छ सुरु मनिसको जीवन पनि
मरेपछि आखिर मान्छे मिसिने पानी मै हो नि
थाहा छैन मान्छेले कुरा बुझ्ने कहिले हो को नि ?

-sahityapost