May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

प्रधानमन्त्री कप: लुम्बिनी प्रदेशकाे विजयी सुरुवात

भैरहवा- भैरहवामा भएकाे प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी प्रदेशले जित निकालेको छ । गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले विजयी हासिल गरेकाे हाे ।

Advertisement

शनिबार सिद्धार्थ रंगशालामा टस जितेर फिल्डिङ रोजेको लुम्बिनीले एक सय १२ रनको लक्ष्य चार विकेट बाँकी छँदै पूरा गर्यो ।

Advertisement

पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित ४२ ओभरको खेलमा ३४ दशमलव चार बलमै सबै विकेट गुमाउँदै एक सय ११ रन मात्र बनाउन सक्यो । उसका लागि करण पंगेनीले सर्वाधिक २८ रन, कृष्ण अहिर १९, समीर खड्का र अमृत गुरुङले समान १३-१३ रन बनाए ।

बलिङमा लुम्बिनीका अजय चौहानले पाँच, मोहम्मद हुसेनले दुई तथा कृष्ण कार्की, अभिषेक गौतम र नर सार्कीले समान एक-एक विकेट लिए ।

जवाफी ब्याटिङ गरेको लुम्बिनी प्रदेशले ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । उसकाे जितमा मिर्नाल गुरुङले ४७, मोहम्मद हुसेनले २१ र विराट भण्डारीले दश रन जोडे । बलिङतर्फ गण्डकीका विपिन खत्री र कमल परियारले समान तीन-तीन विकेट लिए । लुम्बिनीका अजय चाैहान म्यान अफ दि म्याच घोषित भए । आइतबार कर्णाली र गण्डकी प्रदेश बीच हुनेछ ।