राष्ट्रियसभा निर्वाचन: लुम्बिनीमा दुई पदका लागि सातजनाकाे उम्मेदवारी


दाङ- लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ७ जनाको उम्मेदवारी परेकाे छ । दुई सिटका लागि आज भएकाे मनाेनयनमा ७ जनाकाे उम्मेदवारी परेकाे निर्वाचन कार्यालयले जनाएको छ ।
एक महिला काेटामा ३ जना र १ अन्य काेटामा ४ जनाकाे उम्मेदवारी परेको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले बताए ।
महिला काेटामा सत्ता गठबन्धनबाट नेपाली काङ्ग्रेसकी विष्णुकुमारी सापकोटा, नेकपा एमालेबाट तुलसा केसी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट विजयलक्ष्मी सिंहकाे उम्मेदवारी परेको छ ।
त्यसैगरी अन्यका लागि सत्ता गठवन्धनबाट नेकपा माओवादी केन्द्रका झक्कु सुवेदी, एमालेका झविन्द्रबहादुर घर्ती क्षेत्री, राप्रपाबाट निरञ्जनकुमार थापा र जनमत पार्टीका बालगाेविन्द चाैधरीले उम्मेदवारी दर्ता गराएका छन् । सबै उम्मेदवारहरुले निर्वाचन अधिकृतकाे कार्यालय, दाङमा मनाेनयन दर्ता गरेका हुन् ।
राष्ट्रिय सभा सदस्यका लागि माघ ११ गते निर्वाचन हुँदैछ । राष्ट्रिय सभा सदस्यमा लुम्बिनी प्रदेशबाट अनिता देवकोटा र कुमार दसाैँदीकाे कार्यकाल सकिए पछि निर्वाचन हुन लागेकाे हाे । लुम्बिनीमा सत्ता गठबन्धन बलियाे छ ।
प्रतिकृया दिनुहोस्