May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

एमाले लुम्बिनीबाट राष्ट्रिय सभा निर्वाचनका लागि ६ जना सिफारिस

भैरहवा– राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमाले लुम्बिनी प्रदेशबाट नाम सिफारिस गरेको छ । प्रदेश कमिटीले ६ जनाको नाम केन्द्रीय कमिटीमा सिफारिस गरेको हो ।

Advertisement

प्रदेश कमिटीले बैठकले पाल्पाका झपेन्द्र जिसी, कपिलवस्तुका सफर अलि मियाँ, बर्दियाकी कृष्णकुमारी गुरुङ, बाँकेबाट एकमाया विक र तुलसी केसी तथा कपिलवस्तुबाट शारदा शर्माको नाम सिफारिस गरेको प्रदेश उपाध्यक्ष भोज प्रसाद श्रेष्ठले जानकारी दिए ।

Advertisement

६ जना समावेशी नबाएर आफूहरूले सिफारिस गरेको बताउँदै त्यसमध्ये बाट २ जनालाई केन्द्रीय कमिटीले उम्मेदवार बनाउने एमालेले जनाएको छ । अन्य दलहरूले प्रदेशबाट यसअघि नै उम्मेदवार सिफारिस गरिसकेका छन् ।

लुम्बिनी प्रदेशमा दुई सिटको लागि निर्वाचन हुँदै छ । काँग्रेसकी अनिता देवकोटा र एमालेका कुमार दशौदीको समय अवधि सकिँदै छ । निर्वाचन अन्तर्गत पुस २३ गते मनोनयनको तालिका सार्वजनिक गरिएको छ । आज मतदाताको अन्तिम नामावली प्रकाशन हुँदैछ ।