April 23, 2025, Wednesday
२०८२ बैशाख १०

प्रधानमन्त्री कप क्रिकेटका लागि भैरहवामा छनोट सुरु

भैरहवा – प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि बिहीबारबाट रुपन्देहीको सिद्वार्थ रंगशालामा लुम्बिनी प्रदेश स्तरीय पुरुष छनोट खेल सुरु भएका छन् ।

प्रदेश स्तरीय छनोट अन्तर्गत पहिलो खेल रुपन्देही र कपिलवस्तुबीच भइरहेको छ । निर्धारित ५० ओभरको खेलमा कपिलवस्तुले टस जितेर ब्याटिङ रोजेपछि रुपन्देहीले फिल्डिङ गरिरहेको छ ।

रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाका अनुसार छनोट खेलमा रुपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासी, पाल्पा, बाँके, बर्दिया र दाङ सहभागी छन् । प्रतियोगिताको लुम्बिनी प्रदेश खेलकुद परिषद अध्यक्ष जयप्रकाश भट्टराईले उद्घाटन गरेका थिए । कार्यक्रममा जिल्ला र प्रदेश क्रिकेट संघका पदाधिकारी सहभागिता थिए । छनोट खेल पुस २२ गतेसम्म संचालन हुने छ ।