April 22, 2025, Tuesday
२०८२ बैशाख ९

चिनियाँ टोलीलाई लुम्बिनीमा स्वागत, चीनमा रहेका बुद्धिष्टलाई लुम्बिनी घुम्न पठाउन आग्रह

लुम्बिनी– लुम्बिनी विकास कोषले बुद्ध जन्मस्थल लुम्बिनीमा भ्रमणमा आएको एक चिनियाँ टोलीलाई स्वागत गरेको छ। बुधबार कोषले उक्त टोलीलाई स्वागत गरेको हो । विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले चीनमा साहित्य सम्पदा क्षेत्रमा काम गर्दै आएका चिरुईसहितको टोलीलाई स्वागत गरिएको जानकारी दिए ।

उक्त अवसरमा कोषाध्यक्ष भट्टराईले नेपाल र चीनबीच निकै लामो समयदेखि सम्बन्ध रहेको बताउँदै बुद्धजन्मस्थल लुम्बिनीको खोज अनुसन्धानमा समेत चिनियाँ यात्रुहरुको यात्रा विवरणले महत्वपूर्ण काम गरेको जनाए । ‘चीनमा बुद्धिष्टहरुको संख्या धेरै छ, तपाईंहरुले ती नागरिकलाई लुम्बिनी पठाउन सहयोग गर्नुहोस्’, भट्टराईले चिनियाँ उक्त टोलीलाई आग्रह गर्दै भने।

भेटघाटमा व्यापारिक पृष्ठभूमिका चिरुईले आफूहरु बुद्धको जन्मस्थलसँग जोडिएर काम गर्न इच्छुक रहेको बताएको कोषले जनाएको छ । उक्त अवसरमा वल्र्ड बुद्धिष्ट रिलिजियस एसोसिएशनका अध्यक्ष भिमसुवा गुरुङ, लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेत, वनस्पति शाखा प्रमुख कमलेश वर्मा लगायतको उपस्थिति थियो।