April 23, 2025, Wednesday
२०८२ बैशाख १०

पूर्वराजा ज्ञानेन्द्रलाई भैरहवामा नागरिक अभिनन्दन गरिँदै

भैरहवा– ‘नागरिक अभिननन्द समारोह रुपन्देही’ ले आउँदो पुस १९ गते भैरहवामा पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन गर्ने भएको छ । । उनको अभिनन्दनका लागि भैरहवामा डा.रामप्रसाद बस्यालको संयोजकत्वमा ‘नागरिक अभिननन्द समारोह रुपन्देही’ गठन गरिएको छ । समितिले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि उनको अभिनन्नदन कार्यक्रमका बारेमा जानकारी दिएको हो ।

सम्मेलनमा पूर्वराजा ज्ञानेन्द्र शाहको अन्य औपचारिक कार्यक्रम वारेमा जानकारी गराइएको थियो । ज्ञानेन्द्र शाहले रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासी जिल्लाको विभिन्न स्थानको स्थलगत भ्रमण र भेटघाट गर्ने कार्यक्रम तय भएको अभिनन्दन समारोहका संयोजक डा.बस्यालले जनाए ।

Advertisement

सम्मेलनमा जनाइए अनुसार, पुस १४ अगावै शाहले बुटवलको जितगढी किल्ला र निलकण्ठ धामको भ्रमण गर्ने छन् । पुस १४ गते कपिलबस्तुको शिवराज नगरपालिकामा निर्मित स्व.राजा पृथ्वीनारायण शाहको मूर्ति अनाबरण गरिने छ । पुस १७ गते नवलपरासीको बर्दघाटस्थित बर्दघाटे माइको दर्शन र १९ गते भैरहवाको गल्लामण्डिस्थित हनुमान मन्दिर परिसरमा नागरिक अभिनन्दन गरिने कार्यक्रम तय भएको छ ।

‘हामीले प्रजातन्त्र रहने गरि देशका लागि राजाको संरक्षकत्वको आवश्यकता देखेका कारण नागरिकको तर्फबाट अभिनन्दन गर्न लागेका हौं’, बस्यालले भने, ‘मुलुकमा अहिले उत्पन्न बिषम परिस्थितिको पहिचान गरि निराकरण गर्न राजनीतिक दलका नेता र सत्तामा बस्नेले नसकेपछि राजाको भूमिकाको आवश्यकता बढ्दै जान थालेको हो ।’ गत आइतवार भैरहवा आइपुगेका ज्ञानेन्द्र २१ गते काठमाडौं फर्किने जनाइएको छ ।