February 8, 2025, Saturday
२०८१ माघ २७

तिलोत्तमामा झडप: एकको मृत्यु, तीन घाइते, १३ जना पक्राउ

भैरहवा– रुपन्देहीको तिलोत्तमा नगरपालिका–९, केवलानीमा झडप हुँदा एकजनाको मृत्यु भएको छ । झडपमा तीनजना घाइते भएका छन् । सोमबार राति भोजमा विवाद हुँदा भएको कुटाकुटमा एक जनाको मृत्यु भएको छ ।

इलका प्रहरी कार्यालय बुटवलका अनुसार सोमबार राति ८ बजे भोजमा मादक पदार्थ सेवन गरेका मजदुरबीच एक आपसमा झगडा भएको थियो । त्यसक्रममा साथीभाइको कुटपिटबाट मकवानपुरको हेटौंडाका सुरेश साङत्याङको मृत्यु भएको इलाका प्रहरी बुटवलका डीएसपी दानबहादुर थापा थापाले जनाए ।

Advertisement

डीएसपी थापाका अनुसार तिलोत्तमाको केवलानीमा मजदूरी काम गर्दै आएका दुई पक्षबीच सोमबार राति झडप हुँदा स्याङताङमाथि धारिलो हतियार प्रहार भएको थियो । स्याङताङको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

प्रहरीक अनुसार झडपमा परी काठमाडौं महानगरपालिका–१ बस्ने विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ गम्भीर घाइते भएका छन् । घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

थापाका अनुसार झगडा गर्ने र कुटपिटमा संलग्न भएको आरोपमा १३ जनालाई पक्राउ गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । अहिले रुपन्देही प्रहरी अनुसन्धान अधिकृत खटाएर घटनाबारे सुक्ष्म अनुसन्धान गरिरहेको छ ।