तीजले धर्म, संस्कृति संरक्षण गरेको छः मुख्यमन्त्री चौधरी


दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले परापूर्व कालदेखि मनाइँदै आएको हरितालिका तीजले धर्म, संस्कृति संरक्षण गरेको जनाएका छन् । हरितालिका तीजको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री चौधरीले यस्तो बताएका हुन् ।
‘नेपाली महिलाहरूको महत्वपूर्ण तथा महान पर्व हरितालिका (तीज)को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा शुभकामना व्यक्त गर्दछु । तीज पर्वले नेपाली दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, पारिवारिक एकता, सदभाव र पारस्परिक सम्बन्ध कायमका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु’, उनले शुभकामना सन्देशमा भनेका छन् ।
भाद्र शुक्लपक्ष तृतीयाका दिन पर्ने यस पर्वमा महिलाहरूले भगवान शिव-पार्वतीको पूजा आराधना गर्दै आफ्नो सौभाग्य, परिवारको सुख, सुस्वास्थ्य र दीर्घायुको कामना सहित उपवास बस्नाले मनोकामना पूरा हुने विश्वास छ । ‘सनातन सांस्कृतिक पर्वको रूपमा नेपाली महिलाहरुले हरितालिका तीज पर्वलाई मनाउँदै आएका छन् । यस्ता सांस्कृतिक पर्वहरूले सबै प्रदेशबासीको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्याउने विश्वास लिएको छु’, उनले भनेका छन् ।
मुख्यमन्त्री चौधरीले हरितालिका तीजको महत्व, परम्परा, मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न आग्रह गरेका छन् । ‘पर्वमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनको अन्त्य होस् । हरितालिका तीजको पुनः शुभकामना’, उनले भनेका छन् ।
प्रतिकृया दिनुहोस्