रुख

- पब्लिक कुरा
- ३० भाद्र २०८०
- 415 Shares

यो रुख अब बुढो भैसक्यो
आफन्तवादको एसिड रेनले यसका पातहरू खुइलिएपछि
हरिया रहेका केही पातका स्टोमाटा
भ्रष्टाचारको प्रदूषणले बुजिएपछि
अब त
फोटो सिन्थेसिसद्वारा प्रगतिशील ग्लुकोज बन्न ठप्पै भैसक्यो
यो बुढो रुखले गर्दा
कतै राष्ट्रियताको इकोसिस्टम नै
असन्तुलनमा त पर्दै छैन ?
लौ
यो जीर्ण प्रतिगामी रुखलाई
एक युग पर्खेर
आफैँ ढलोस् भन्नु भन्दा
आऊ सबै मिलेर ढालौं
ताकि यसले
प्रजातन्त्र र समाजवादको ताजा अक्सिजन उत्सर्जन गर्दै
असमानताको विषाक्त कार्बनडाइअक्साइडलाई अवशोषण गरेर
जलवायु परिवर्तनजस्तै
परिवर्तनशील भूराजनीतिको जोखिमबाट
हाम्रो सार्वभौमसत्तालाई
सुरक्षित राखिराख्न सकोस्
यो ठूलो रुख हैन, असल रुख बन्न सकोस्। -sahityapost


- भैरहवामा आएर क्यान्सर रोगबारे के भने विज्ञले ?
- प्रशंसाले बच्चा बिग्रिँदैनन् !
- कर्नेलको घोडा
- जीवनको अर्को संस्करण
- चिटिक्क पारिँदै तिलौराकोट
- मृत्यु महोत्सव
- मलाई आत्महत्याबाट रोकेको त्यो किताब
- उद्योग व्यापार संगठनका नवनिर्वाचित कार्यसमितिको पदस्थापन
- परराष्ट्रमन्त्री साउद भन्छन्– प्रधानमन्त्रीको चीन भ्रमण सफल भयो
- सोह्र श्राद्ध सुरु
-
नेपाल पूर्वसशस्त्र प्रहरी संघ रुपन्देहीको अध्यक्षमा हमाल
८ आश्विन २०८० -
गोलिगढ क्षेत्रमा छाडा कुकुरको आतंक
४ आश्विन २०८० -
‘दाता गुहारेर अस्पताल चलाउन समस्या भयो’
१० आश्विन २०८० -
असोज २७ गते ‘रोटरी हाफ म्याराथन’
५ आश्विन २०८०
प्रतिकृया दिनुहोस्