May 30, 2023, Tuesday
१६ जेष्ठ २०८०, मंगलवार

जिल्ला अस्पतालमा पहिलोपटक पाठेघरको शल्यक्रिया

बर्दिया– बर्दियाको सदरमुकाम गुलरियास्थित जिल्ला अस्पतालमा पहिलो पटक तीनजना महिलाको पाठेघरको शल्यक्रिया गरिएको छ । स्त्री तथा पसुती रोग विशेषज्ञले पाठेघरको सफल शल्यक्रिया गरेका हुन् ।

Advertisement

लामो समयदेखि पाठेघरको समस्याले ग्रसित ति महिलाको आर्थिक अवस्था कमजोर भएका कारण यहॉ सस्तो मूल्यमा पाठेघरको शल्यक्रिया गरिएको हो । पहिलो पटक स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर स्यामिनी चौधरी, उक्त रोग विशेषज्ञ डाक्टर राम विश्वास राय लगायत सातजना स्वास्थ्यकर्मीको सहयोगमा शल्यक्रिया गरिएको हो । जटिल खालको पाठेघर पेट चिरेर निकालिएको डाक्टर चौधरीले बताइन् ।

केस जटिल भए पनि निकै सर्तकता पूर्वक आठ वाई दश इन्चको अर्थात करिब आधा किलोको पाठेघर बाहिर निकालिएको उनले बताइन् । तीन मध्ये एक जना महिलाको करिब एक वर्षदेखि पाठेघरको समस्याले रगत बग्दै आएको थियो । गुलरिया–७ की ४५ वर्षीया सम्पदा यादव, बारबर्दिया नगरपालिकाकी ४० वर्षीया सुमिता थारु र गुलरिया–१ कि ६० वर्षीया कुन्ती यादवको शल्यक्रिया गरिएको जिल्ला अस्पतालले जनाएको छ ।

डाक्टर रायले बेहोस बनाउने जिएस मसिन र थप विशेषज्ञ चिकित्सकको अभाव अस्पतालमा रहेको बताए । ‘शल्यक्रिया गरेका तीनै जनाको अवस्था सामान्य रहेको छ,’ उनले भने, ‘विमा भएकालाई रकम नलाग्ने र शुल्क तिर्दा १५ हजार खर्चमा शल्यक्रिया गर्ने गरिएको छ ।’