तारको जालोमा घेरिएको सिद्धार्थनगरको सौन्दर्यता (फोटो फिचर)


भैरहवा– सहरको सौन्दर्यता जरुरी छ । तर, व्यवस्थित गर्न नसक्दा यसले सहरको सौन्दर्यता कुरुप बनाउँछ । ठीक यही भएको छ, मुलुककै पूरानो मध्यको रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा । जनप्रतिनिधि कुर्सीमा आसीन छन्, उनीहरुलाई सौन्दर्यता राख्न कुनै ध्यान छैन ।
इन्टरनेट सेवा प्रदायक संस्थाहरुले भैरहवाको पोलैपिच्छे तार टाँगेका छन् । जताततै तार झुण्डिएका छन् । फोहोर देखिएको छ । सौन्दर्यता हराएको छ । जनप्रतिनिधिको ध्यान व्यवस्थापनमा छैन । जसले गर्दा इन्टरनेट प्रदायक संस्थाले मनलाग्दी गराएका छन् । हुनतः तार व्यवस्थापन गर्न नगरपालिकाले ताकेता गरिरहेको छ । तर, उनीहरुले टेरेका छैनन् । नगरपालिका कारबाहीमा उत्रिन सकेको छैन ।
पैदलयात्रुलाई हिंड्नै मुस्किल हुने गरी तार तत्रिएका छन् । दुर्घटनाको जोखिम उत्तिकै छ । व्यवस्थापनमा ध्यान छैन । भैरहवाका गल्लीपिच्छे अव्यवस्थित तार छन् । विद्युत् पोलमा तारको जालो छ, माकुराको जालो जसरी । भैरहवा पर्यटकीय हिसावले महत्वपूर्ण स्थान हो । स्वदेशी, भारतीय र तेस्रो मुलुकका पर्यटक यहाँ अधिक आउँछन् । अर्कातर्फ बुद्ध जन्मस्थल आउजाउ गर्ने र मुलुकका अन्य गन्तव्यमा जाने लाखौं पर्यटक सिद्धार्थनगर हुँदै आउजाउ गर्छन् । तारकै कारण उनीहरुले कुरुप सिद्धार्थनगरको अवलोकन गरिरहेका छन् ।

लथालिंग तारकै कारण दिनप्रतिदिन शहरको सुन्दरतालाई कुरुप बनाइरहेको छ भने विभिन्न किसिमको दुर्घटनालाई पनि निम्ताइरहेको छ । आगलागीको जोखिम उत्तिकै छ । जनप्रतिनिधलाई तार व्यवस्थापनमा ध्यान छैन । उनीहरु कुर्सीमै रमाइरहेका छन् । यहाँ भैरहवाका विभिन्न ठाउँमा पब्लिक कुराले क्यामेरामा कैद गरेका अव्यवस्थित तारका जालाहरु तस्बिरमा प्रस्तुत गरिएको छ ।






प्रतिकृया दिनुहोस्