May 30, 2023, Tuesday
१६ जेष्ठ २०८०, मंगलवार

कसलाई माया गर्छौं ?

भनिदेउ नढाँटी तिम्ले कस्लाई मायाँ गर्छौं ।

Advertisement

मेरो   नजरमा  तिमी  त  धेरै नै मन गर्छौं ।

सङ्गै जिउने सपना बुन्छु सधै रमाएर।

वाचा गर्छु आकाशका जुनतारा देखाएर।

सम्झनाले मुटु पोल्दा आँखामा किन झर्छौ,

मेरो नजरमा तिमी त धेर्की नै मन गर्छौं ।

हाँसो मज्जा सधै गर्छौ हामी जिस्किएर।

राखेको छु यो दिलमा नजानु निस्किएर।

अनलाइनमा हुन्छौ नबोलेर कस्लाई कुर्छौ,

मेरो नजरमा तिमी त धेर्की नै मन पर्छौ।

भनिदेउ नढाँटी तिम्ले कस्लाई मायाँ गर्छौं ?

मेरो नजरमा तिमी त धेरै नै मन पर्छौं ।