लुम्बिनीमा बुद्ध जयन्तीको रौनक (फोटो फिचर)


लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीका शुक्रबार विशेष कार्यक्रम गरी बुद्ध जयन्ती एवं लुम्बिनी दिवस–२०८० मनाइएको छ । हप्तादिन देखि बुद्ध जयन्तीका लागि लुम्बिनीलाई सिंगार्ने काम भएको थियो । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा विशेष समारोह गरेर बुद्ध जयन्ती मनाइएको हो ।
बौद्ध र नेपाली झण्डाका साथै झिलिमिली बत्तीले लुम्बिनीलाई तीन दिनदेखि नै सिंगारिएको थियो । अन्य सजावट भने हप्ता अघिबाटै गरिएको थियो । २५६७ औं बुद्धजयन्तीका अवसरमा चिटिक्क पारिएको लुम्बिनीमा स्वदेश तथा विदेशबाट पर्यटक, भिक्षु, भिक्षुणी, उपासक, उपासिका साथै प्रधानमन्त्रीसहितका पाहुनाहरु सहभागी दिए ।
बुद्ध जयन्तीको मूल समारोह अघि मायादेवी मन्दिरमा पूजापाठ र विश्व शान्तिका लागि प्रार्थना गरिएको थियो । बिहानैदेखि लुम्बिनीमा आएका पर्यटकले भीडभाड बनेको थियो । स्वदेशी र विदेशी पर्यटकले लुम्बिनी रमाइलो भएको थियो । मायादेवी मन्दिरबाट शोभायात्रा निकालेर मूल समारोहस्थल अन्तर्राष्ट्रि ध्यान तथा सम्मेलन केन्द्र ल्याइएको थियो । शोभायात्रामा सयौंको सहभागिता थियो ।
तस्बीरमा हेरौं बुद्ध जयन्तीको रौनक–














प्रतिकृया दिनुहोस्