May 3, 2024, Friday
२१ बैशाख २०८१, शुक्रबार

लुम्बिनी प्रेस क्लबद्वारा पन्त र ढुंगानासहित १५ पत्रकारलाई सम्मान

भैरहवा– लुम्बिनी प्रेस क्लब रुपन्देहीले आफ्नो सातौं स्थापना दिवसको अवसर पारेर अग्रज पत्रकारहरुलाई सम्मान गरेको छ । लामो समयदेखि रुपन्देहीको पत्रकारिताका क्रियाशील रही योगदान दिएको भन्दै पुराना अग्रज र क्रियाशील पत्रकारहरुलाई सम्मान गरिएको क्लबका अध्यक्ष नरेश केसीले जानकारी दिए ।

क्लबले यस वर्षबाट दिन सुरु गरेको लुम्बिनी प्रेस रत्न–२०७९ बाट अग्रज पत्रकार तथा क्लबका पूर्व सल्लाहकार चेतन पन्तलाई सम्मान गरेको छ । उनलाई नगद २५ हजार रुपैयाँ, खादा, प्रमणपत्रसहित सम्मान गरिएको हो । यस्तै, प्रेसिडेन्टियल अवार्ड–२०७९ बाट क्लबका संस्थापक अध्यक्ष तथा सल्लाहकार माधव ढुंगानालाई सम्मान गरिएको छ । उनलाई नगद ११ हजार रुपैया, प्रमाणपत्र र खादाले सम्मान गरिएको हो ।

यस्तै, क्लबले लुम्बिनी प्रेस सम्मान–२०७९ बाट अग्रज पत्रकारहरु देवीप्रसाद पाण्डे, करुणानिधि शर्मा, नारायणप्रसाद सापकोटा, दीलिप भट्टराई, रामेश्वर भट्ट, गोविन्दबन्धु अर्याल, गोविन्दराज पाण्डे, राजु पौडेल, नारायण ज्ञवाली, शम्भुप्रसाद शर्मा, कुलमणि ज्ञवाली, प्रख्यात बन्जाडे, दीपेश पछाईलाई सम्मान गरेकोे क्लबका सचिव शंकरप्रसाद पाण्डेले जनाए । सम्मानित पत्रकारहरुलाई नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, क्लबका अध्यक्ष नरेश केसी लगायतले सम्मान गरेका हुन् ।त्यस्तै क्लबले स्थापना दिवसको पूर्व संध्यामा आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरुलाई समेत प्रमाणपत्र वितरण गरेको छ ।

Advertisement