March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

एमाले महासचिव पाेखरेललाई पराजित गर्दै माओवादीकी शर्मा विजयी

दाङ- दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव शंकर पाेखरेललाई पराजित गर्दै नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्मा विजयी भएकी छन् । उनले पोखरेललाई करिब २ सय मतअन्तरले पराजित गरेकी हुन् ।

शर्मा १९६ मतान्तरले निर्वाचित भएकी हुन् । उनले २६ हजार ८ सय ७७ मत प्राप्त गरेर निर्वाचित हुँदा प्रतिस्पर्धी एमालेका महासचिव पाेखरेलले २६ हजार ६ सय ८१ मत प्राप्त गरेका छन् ।

यहाँ जम्मा ७९ हजार ४ सय ४६ मत खसेको थियो । निर्वाचनमा रेखाको यो पहिलो प्रत्यक्ष प्रतिस्पर्धा हो ।

Advertisement