February 7, 2023, Tuesday
२४ माघ २०७९, मंगलवार

लुम्बिनीका सीके गुप्ताः मेयरमा पराजित, प्रदेशसभा सदस्यमा निर्वाचित

भैरहवा– रुपन्देही क्षेत्र नम्बर ५(२)मा जनमत पार्टीका चन्द्रकेश (सीके) गुप्ता विजयी भएका छन् । गत स्थानीय तह निर्वाचनमा लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा पराजित गुप्ता प्रदेशसभाको उम्मेदवार बनेर निर्वाचित हुने भाग्यमानी नेतामा परेका छन् ।

गुप्ताले नेपाली काँग्रेसका नेता एवं यसअघिका प्रदेशसभा सदस्य फकरुउद्दिन खाँनलाई पराजित गरेका हुन् । गुप्ताले १२ हजार ९४१ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी खाँनले ११ हजार ६५१ मत पाए । यद्यपि निर्वाचन आयाेगले घाेषणा भने गरेकाे छैन । खाँन यसअघि लुम्बिनी प्रदेशसभामा नेपाली काँग्रेसका मुख्य सचेतक थिए ।

यो क्षेत्रबाट २०७४ को स्थानीय तह निर्वाचनमा लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा उम्मेदवार बनेर पराजित भएपछि प्रदेशसभामा उम्मेदवार बनेर काँग्रेसका खाँन निर्वाचित भएका थिए । संयोग नै मान्नुपर्छ यसपटक गुप्ता पनि मेयरमा पराजित भएर प्रदेशसभामा उम्मेदवार बनेपछि निर्वाचित भएका छन् ।

Advertisement