February 7, 2023, Tuesday
२४ माघ २०७९, मंगलवार

रुपन्देही दुईमा बिष्णु पाैडेललाई पछि पार्दै स्वतन्त्र पार्टीको अग्रता

भैरहवा- रुपन्देही क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएकाे छ । यहाँ स्वतन्त्र पार्टीका गणेश पाैडेलले ८०१ मत प्राप्त गरेका छन् ।

दुई हजार एक सय मत गणना हुँदा पाैडेलका प्रतिद्वन्द्वी नेकपा एमालेका उपाध्यक्ष बिष्णुप्रसाद पाैडेलले ६९५ मत प्राप्त गरेका छन् । यस्तै ५ दलीय गठबन्धनका उम्मेदवार एवं राष्ट्रिय जनमुक्तिका केशबबहादुर थापा (सूर्यबंसी) ले ५२५ मत ल्याएका छन् ।

२०६४, २०७० र २०७४ मा गरी लगातार तीनपटक निर्वाचन जितेका एमाले उपाध्यक्ष पाैडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाैति दिइरहेकाे छ ।

Advertisement