December 2, 2022, Friday
१६ मंसिर २०७९, शुक्रबार

रुपन्देही क्षेत्र नम्बर ४ को मतगणना सुरु

भैरहवा- रुपन्देही क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ ।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार साेमबार बिहान साढे ९ बजेबाट मतगणना सुरु भएकाे हाे ।

सर्बदलीय बैठकको निर्णयअनुसार मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख देवेन्द्रराज आचार्यले बताए । मतगणना कोटहीमाई गाउँपालिकाको भवनमा सुरु भएको हो । 

यस क्षेत्रमा प्रतिनिधि सभामा कांग्रेसका प्रमोदकुमार यादव र लोकतान्त्रिक सवाजवादी पार्टीका बरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लाबीच मुख्य प्रतिष्पर्धा हुने आँकलन गरिएकाे छ । यहाँ ७७ हजार ६४ मत खसेको थियाे ।

Advertisement