‘चुनाव जित्नेमा द्विविधा छैन’
वर्तमान पाँच दलीय गठबन्धन सरकारका गृहमन्त्री बालकृष्ण खाँणलाई निर्वाचन प्रचारमा भ्याई–नभ्याई छ । रुपन्देही–३, बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका खाँणको तयारी मनोनयन दर्तापछिको होइन्, ०७४ सालमा समानुपातिक तर्फबाट सांसद निर्वाचित भएदेखि आफ्नो निर्वाचन क्षेत्रका साथै समग्र जिल्लाको बिकास निर्माणको अगुवाई गर्दै आएका हुन् । संघ र प्रदेश निर्वाचनको मिति तय भएपछि निर्वाचन क्षेत्रका मतदातासित भेटघाट र छलफललाई तिव्रता दिएका खाँण स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार बिजयी बनाउन उत्तिकै सक्रिय बनेका थिए । जसले गर्दा १६ स्थानीय तह रहेको जिल्लाका १० वटामा नेपाली कांगे्रसका उम्मेदवारले प्रमुख–अध्यक्ष जितेका थिए । स्थानीय तहको जनमतको जगमा उभिएर खाँणले संसदीय निर्वाचनको तयारी लगभग पूरा गरेका छन् । यस अवधिमा उनले दिनरात नभनी मतदातासित समय बिताएका छन् । सामाजिक संघसंस्थालाई समय दिए । नीजि क्षेत्रका दुखेसा सुन्दै समस्या समाधानको पहल गरे । खाँणको सक्रियता देखेर विपक्षी मात्र होइन्, आफ्नै समर्थक समेत छक्क देखिन्छन् । खाँण विद्यार्थी राजनीतिबाट उदाएका र युवादेखि पाका पुस्तासम्म परिचित नेता हुन् । २०३७ सालमा नेपाल विद्यार्थी संघ रुपन्देहीको सभापति हुँदै राजनीतिमा होमिएका खाँणले बहुुदल ल्याउन र लोकतन्त्र स्थापना गर्नमा उतारचढाव र जेलनेल भोग्दै आफ्नो परिचयलाई फराकिलो पार्दै आएका छन् । निर्वाचन क्षेत्रका बासिन्दाले खाँणलाई भावी प्रधानमन्त्रीका रुपमा प्रचार गरिरहेका छन् । आफू निर्वाचित भएपछि रुपन्देही–३, समेत समग्र मुलुकको बिकासको नेतृत्व गर्ने उनी बताउँदैं आएका छन् । मतदानको मिति नजिकिँदै गर्दा जनताको अपार समर्थनबाट हौंसिएका खाँणसित गरिएको कुराकानी :
यहाँको चुनाव प्रचार–प्रसार कस्तो रह्यो ?
निर्वाचनको मिति आयो । अब आफ्नो क्षेत्रमा जानुपर्छ भनेर यहाँ आएको होइन, मैले बिगत पाँच वर्ष यही क्षेत्रमा बिताएको छु । समग्र जिल्लाको विकासका नेतृत्व लिएको छु । सरकारमा सहभागी नभएका बेला अधिकांश समय जिल्लामै बिताए । पछि गृहमन्त्री भएपछि आवश्यक परेका बेला सातामा दुईपटक समेत जिल्ला आएर भेटघाट र कार्यक्रममा सहभागी भएको देख्नु भएकै छ । मैले मतदातासित कहिल्यैं दूरी कायम गरेन । साना–साना समस्या परेका बेला घरदैलोमा पुगे । त्यसले मलाई सजिलो बनायो । मनोनयन दर्तापछि गठबन्धन आवद्ध दलसित सहकार्य गरेर प्रचारका कार्यक्रम गर्यौ । वडा, टोलतहसम्म पुग्नु थियो । त्यसैले सुरुमा कार्यकर्ता परिचालन सहज तुल्याउन सम्पर्क कार्यालय स्थापना गर्यौं । त्यसपछि वडा–वडामा कार्यकर्ता भेला गर्यौं । यी गठबन्धन दलका सामू्हिक कार्यक्रम थिए । त्यहीँ अवधिमा प्रशिक्षण चलायौं । भेला, कोणसभा, घरदैलो हुँदै निर्वाचन क्षेत्र केन्द्रित गरेर आमसभा गर्यौं । सकभर धेरैलाई भेट्ने कोसिस गर्यौं, नभेटेका मतदातालाई पार्टी र गठबन्धनका साथीहरुले भेट्नुभएको छ । हामीले जनताको अथाहा माया पाएका छौं ।
घरदैलो पुग्दा मतदाताका कस्ता अपेक्षा पाउनुभयो ?
रुपन्देहीका अधिकांश समस्या र नागरिकका आवश्यकताबारे मैले बुझेको छु । जिल्ला आउजाउ भइरहने भएकाले मेरो नागरिकसित ‘ग्याप’ छैन । अहिले पनि जिल्लाका सबैतिर एकैनास बिकास भएको छैन । त्यसैले धेरैले भौतिक पूर्वाधारकै माग गरिरहेका छन् । शिक्षा, स्वास्थ्य, कृषि, मल–बीउदेखि बाटोघाटो, सिंचाईंका कुरा उठेका छन् । रोजगारीको ठूलो अपेक्षा पाएँ । जिल्लामा रोजगारी बढाउने विषयमा मैले जोड दिँदै आएको छु । यस बाहेक रुपन्देहीलाई मुलुककै समृद्ध र वातावरणमैत्री सहर बनाउनु छ । सहरी क्षेत्रका बासिन्दाको अपेक्षा बैंकको ब्याज बृद्धि रोक्नुपर्ने, आयात–निर्यातका अवरोध हटाउनु पर्ने छ । उद्योग, व्यवसायमा देखिएका समस्या हल होस् भन्ने छ । यी अपेक्षा पूरा गर्न म लाग्दैं आएको छु । लागिरहने छु ।
तपाईंंका चुनावी एजेण्डा के–के छन् ?
मैले सुरुदेखि भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई आर्थिक बिकासको केन्द्र बनाउने घोषणा गरेको छु । विमानस्थल ठूलो सम्भावना हो । यसलाई नागरिक उडाउने मात्र नभएर विश्वभर कार्गो आयात–निर्यात केन्द्र बनाउने लक्ष्य छ । त्यही अनुसार काम अगाडि बढाउँछु । अर्को रोजगारी बृद्धि हो । रोजगारी बढाउन विमानस्थलको क्षमता बिस्तार जरुरी छ । त्यो पूरा हुन्छ । अन्तर्राष्ट्रिय स्थल नाका, विशेष आर्थिक क्षेत्र, आइसीपीलाई पूर्णता दिने कुरामा जोड दिएको छु । यस बाहेक सडक फराकिला तुल्याउने, थप पुल, सडक निर्माण, स्थानीयको बसोबास कायम राखेर मोतिपुरमा औद्योगिक क्षेत्र निर्माणलाई पूरा गर्ने, कृषि बजार, मल, बीउ र सिंचाईका काम गर्ने मुख्य एजेण्डा हुन् । यी बाहेक थुप्रै एजेण्डा छन् । मूल एजेण्डा भनेकै विकास र आर्थिक वृद्धि हो ।
रुपन्देहीको बिकासका लागि थप योजना के छन् ?
मसँग हरेक चुुनौतीको समाना गर्दै जिम्मेवारी निर्वाह गर्ने क्षमता छ । सामान्य परिवारमा जन्मिएको र सधैं निरंकुशताबिरुद्ध लडेको इतिहास छ । मेरो जीवनको आधा समय राजनीतिक आन्दोलन र त्यसबाट भएका राजनीतिक उपलब्धी संस्थागत गर्दैमा बित्यो । व्यवस्था परिवर्तनमा लामो समय बित्यो । अब मतदाताको अवस्था परिवर्तन गर्ने बेला भएको छ । म त्यहीँ अभियानमा छु । मैले मेरो गृह जिल्ला रुपन्देहीको बिकासलाई प्राथमिकतामा राखेको छु । नेपाली कांग्रेसको सपना र योजना अनुसार रुपन्देहीमा ठूला–ठूला बिकास योजना साकार भएका छन् । जिल्लाको समग्र बिकासको क्रममा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सिंचाई जस्ता क्षेत्रमा उल्लेख्य योजना पारेको छु । गफ दिएको होइन्, दस्तावेज र कागज हेर्नु भएहुन्छ । मेरो प्रचार गर्ने बानी छैन । काम गर्ने बानी छ । रुपन्देहीको तिनाउ र दानवबाट नागरिक सुरक्षित तुल्याउन जनताको तटबन्धन, आउजाउ सहज तुल्याउन पुल निमार्ण, सोह्र–छत्तीस सिंचाई प्रणालीलाई पक्कि निमार्ण गर्न मैले बजेट छुटयाएको हुँ । यस्ता ठूला योजना धेरै छन् ।
तपाईं जनप्रतिनिधि हुँदा भएका महत्वपूर्ण काम के हुन् ?
यहाँ हिजो पञ्यायती शासनकालमा जिल्लामा उलेख्य काम भएनन् । यहाँको साधनस्रोतलाई व्यक्तिगत पूँजीका रुपमा उपयोग गरियो । त्यसबेलाका नेता सम्पन्न बने । रुपन्देहीका नागरिक गरिब भए । छिटफुट पूर्वाधारका काम सुरुवात भएको थिए । बहुदल आएपछि धेरै विकासका काम भएका छन् । जिल्लाका सडक हेर्नुस्, अन्तर्राष्ट्रिय स्तरका छन् । यहाँका खोलामा पुलैपुल छन् । स्वास्थ्य क्षेत्रमा सुधार देखिएको छ । शिक्षामा जिल्ला अगाडि छ । यत्तिले पुग्दैन । यो सुरुवात हो ।
चुनावी प्रतिस्पर्धालाई कसरी लिनु भएको छ ?
म यसअघि पनि धेरैपटक चुनाव लडेकोे छु । सधैं प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिँदै जनताको माझमा जाने र जनताको विश्वास लिएर आगाडि बढ्ने हो । जनताले जसलाई पत्याउँछ, त्यो निर्वाचित हुन्छ भन्ने मेरो मान्यता हो । त्यसको लागि काम भइरहेको छ । स्थानीय तहको निर्वाचन एउटा परिस्थितिमा भएको थियो । त्यो बेला वडाध्यक्ष, नगर, गाउँपालिका सदस्यहरुको व्यक्तित्व, जनसम्पर्क, त्यो उहाँहरुले गरिएको चुनावी परिचालनले प्रभाव पारेको थियो होला । स्थानीय चुनावमा जे मत आएको छ, त्यो मत सदाका लागि रहिरहन्छ भन्ने होइन । बढ्न पनि सक्छ, घट्न पनि सक्छ ।
तपाईं चुनाव जित्नेमा विश्वस्त हुुनुहुन्छ ?
म जनसमर्थन देखेर उत्साहित छु । प्रचार गर्नेक्रममा कांग्रेसको संगठन सुधार भएको छ । प्रत्येकदिन पार्टी प्रवेश गर्नेको लहर छ । मलाई आफ्नो टोल र कार्यक्रममा बोलाउने गरेका छन् । जनताको सद्भाव र सहयोग छ । रुपन्देही जिल्लाको गौरवको लागि काम गर्नुभएको छ, विकास निर्माण पनि थुप्रै गर्नुभएको छ, धेरै विकास योजनाहरु अगाडि बढाउनु भयो भन्ने कुरा यहाँका मतदाताले गर्नुभएको छ । आउने दिनमा बिकास आयोजनालाई प्रभावकारी ढंगले अगाडि बढाउनु होला भनेर शुभेच्छा दिइरहनु भएको छ । यसले मलाई उत्साहित बनाएको छ । चुनाव जित्नेमा द्विविधा छैन ।
यसपाली तपाईंको निर्वाचन क्षेत्रको केन्द्र भैरहवा बन्यो नि ?
यसपटक मेरो निर्वाचन क्षेत्रको केन्द्र सदरमुकाम भैरहवा बनेको छ । तर, मेरो निर्वाचन क्षेत्रमा रहेका सबै पालिका बिकासतर्फ लम्किरहेका छन् । पछिल्लो संसदीय कार्यकाल भैरहवालाई केन्द्रमा राखेर बिताए । बिगत पाँच वर्षमा निर्वाचन क्षेत्रमा आयोजना गरिने सबैं कार्यक्रममा सहभागिता जनाए । अब सधैं भैरहवा केन्द्रित बनेर राजनीति गर्ने योजना छ । सदरमुकाम लक्षित गरेर ठूला बिकास योजना ल्याएको छु । भैरहवा र आसपास बिकसित गरिरहेको छु । आगामी दिन झन ठूला योजना ल्याउनेछु । भैरहवालाई अन्तर्राष्ट्रिय गजतमा स्थापित सहरमा परिणत गरेर देखाउने मेरो अठोट छ । भैरहवामा मात्र केन्द्रित हुने मेरो योजना होइन । बुुटवल, मणिग्रामसहित भित्री बस्तीलाई समेत गुल्जार पार्दै लैजाने हो । यसका लागि सबै स्थानीय तह र प्रदेश सरकारसित समन्वय गरेर अगाडि बढ्नेछु । ‘सिद्धार्थ चक्रपथ’लाई महत्वपूर्ण योजनाका रुपमा अगाडि सारेको छु । ब्यबस्थित सहरीकरण र अन्तर्राष्ट्रिय सहरहरु बाहिरी चक्रपथ निमार्णबाटै भएका छन् । त्यस्तै सिद्धार्थनगरलाई पनि ब्यबस्थित र अन्तर्राष्ट्रिय सहर बनाउन बाहिरी चक्रपथ आवश्यक ठानेको छु ।
रुपन्देही–३ तपाईंका लागि सधैं लक्की मानिन्छ हैन र ?
तपाईंले भने जस्तै रुपन्देही–३, मेरा लागि सधै ‘लक्की’ सावित हुँदै आएको छ । मलाई क्षेत्र मात्र होइन । समग्र जिल्लाबासीको साथ र समर्थन छ । क्षेत्र विभाजनका कारण मलाई कहिले कता–कहिले कता गरिरहनु परेको छ । तर, सबैले माया गर्दै आउनु भएको छ । म जहाँ गए त्यहाँका मतदाताको मप्रति आशा, भरोसा, विश्वास पाउने गरेको छु । यसपटक रुपन्देही–३, मा पति यस्तै माहोल छ । अहिले क्षेत्र एकजुट बनेको छ । सबैको एउटै आवाज बनेको छ । म रुपन्देही–३ बाटै तीन पटक प्रत्यक्ष निर्वाचन लडेर बिजयी भएको हुँ । यसपटक पनि रुपन्देही ३ बाटै उम्मेदवार बनेको छुँ । मेरा लागि रुपन्देही–३, लक्की हो । यसपटक पनि लक्की हुन्छु । अहिले देखिएको समर्थनबाट त्यो प्रष्ट छ ।
यहाँ गृहमन्त्री पनि हुनुहुन्छ, मतदातालाई तपाईंको सन्देश के छ ?
म सम्पूर्ण देशबासीलाई शान्तिपूर्ण निर्वाचन हुनेमा विश्वस्थ हुन आग्रह गर्दछु । निर्वाचनमा आवश्यकता अनुसारका सबै तयारी पूरा गरिएको छ । यसमा सबै राजनीतिक दल र आम मतदाताको सहयोग छ । हामीले शान्तिपूर्ण, भयरहित, स्वच्छ र निष्पक्ष निर्वाचन गराउँछौं । जनताको जनादेशलाई हामीले मात्रै नभई सबैले स्वीकार्नुपर्छ । यही मंसिर ४ मा हुने निर्वाचनमा ढुक्कसाथ मतदानमा सहभागी हुन म देशबासी म आग्रह गर्छु । सरकारले जनताको सुरक्षाका लागि कुनै कसर बाँकी राख्ने छैन । अवैध र अवाञ्छनीय mियाकलाप रोक्ने छ ।
अन्त्यमा, तपाईंको राजनीतिक यात्राबारे बताइनदिनुस् न ?
मेरो राजनीतिको सुरवात विद्यार्थी कालमा भएको हो । विद्यालय, क्याम्पसमा नेविसंघमा संगठिन हुँदैं राजनीति र जनताका मर्का बुझने अवसर पाए । क्याम्पस तहबाटै मैले प्रजातन्त्रकालागि लडाईं लडेको हुँ । २०३९ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य भएँ । त्यसपछि क्रमशः त्रिभुुवन विश्व विद्यालयको स्वतन्त्र विद्यार्थी युनियननको उपसभापति भए । त्यसबेला पञ्चायतबिरुद्ध आन्दोलनमा थियौं । म अग्र मोर्चामै थिए । त्यही बेला २०४१ सालमा भएको महाधिवेशनबाट म नेपाल विद्यार्थी नेविसंघको केन्द्रीय सभापतिमा निर्वाचति भएको थिएँ । ०४६ सालको जन आन्दोलनमा युवाको नेतृत्व गरे । त्यसबेला मेरो नेतृत्वमा युवाले परिवर्तनमा ठूलो भूमिका खेलेका थिएँ । उक्त आन्दोलनमा पञ्चायत बिरुद्ध वामपन्थी शक्तिसित एकजुट भएर हामी लडेका थियौं । मुलुकलाईं बिकासमा लम्किन नदिने पञ्चायत ढाल्न एकजुट भएका थियौं । जन आन्दोलनपछि अन्तरिम सरकार बन्यो । उक्त सरकारले २०४८ मा आम निर्वाचन गरायो । त्यहीँबाट संसदीय राजनीतिमा छिर्ने अवसर पाएका थिए । त्यसबेला म तत्कालीन रुपन्देही क्षेत्र नम्बर–३, बाट उम्मेदवार बनेको थिएँ । म प्रत्यक्ष रुपमा निर्वाचित भएँ । सांसद बनेपछि पनि म पार्टीको भातृ संगठनको नेतृत्वमा रहे । म दुुई कार्यकाल नेपाल तरुणदलको सभापति भए । तरुणदलको सभापति हुँदा म २०५४ सालमा भएको निर्वाचनमा आफै निर्वाचन नलडेर देशभर चुनावी अभियानमा खटिएको थिए । २०५६ सालमै म नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका थिएँ । म २१ वर्षदेखि नेपाली कांग्रेसको केन्द्रीय समितिमा विभिन्न भूमिकामा रहेको छु । यस क्रममा मैले पार्टीलाई बलियो बनाउन कुनै कसर बाँकी राखेको छैन । म तीन पटक प्रत्यक्ष चुनाव लड्ेर निर्वाचित भएको व्यक्ति हुँ । त्यसैले रुपन्देहीको बिकासको जग बसाउन र ठूलो आयोजनाका लागि बजेट विनियोजन गर्न मेरो भूमिका थियो । अहिले पनि छ । यस अवधिमा म शिक्षा तथा खेलकुद, सिंचाई, रक्षा हुँदै अहिले अहिले गृहमन्त्री छु । राजनीतिक यात्राका क्रममा २०३६–०३७ देखि ०४६ सालसम्म प्रजातन्त्र पुुनस्र्थापनाका लागि बिभीन्न जिल्लामा विद्यार्थीहरुको नेतृत्व गर्दै आन्दोलनमा होमिने क्रममा म कयौं पटक जेल परेको थिएँ । २०४२ मा कांग्रेसको आह्वानमा भएको सत्याग्रह होस्, चाहे ०६१ म तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता कब्जा गर्दा होस्, २०६२–०६३ जनआन्दोलनमा पनि म अग्रपंतिmमा उभिएँ ।
प्रतिकृया दिनुहोस्